News Summary
Generated by OK AI. Editorially reviewed.- एनएमबी बैंकका भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले भारतको मेदान्ता अस्पतालका सेवामा छुट पाउने भएका छन्।
- मेदान्ता अस्पतालले ओपीडी परामर्श, ल्याब, रेडियोलोजी र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ।
- आईपीडी सेवाअन्तर्गत रुम रेन्ट तथा विभिन्न जाँच सेवामा १० प्रतिशत छुट उपलब्ध हुने बैंकले जनाएको छ।
४ जेठ, काठमाडौं । एनएमबी बैंकका भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले भारतको मेदान्ता अस्पतालका सेवामा छुट पाउने भएका छन् ।
बैंकसँगको सहकार्यमा मेदान्ता अस्पतालले विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ । ग्राहकले अब मेदान्ता अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट पाउने बैंकले जनाएको छ ।
‘ग्राहकले ओपीडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवा र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्’ बैंकले एक विज्ञप्तिमा भनेको छ ‘साथै, आईपीडी सेवाअन्तर्गत रुम रेन्ट तथा विभिन्न जाँच सेवाहरूमा १० प्रतिशत छुट पनि उपलब्ध हुनेछ ।’
बैंकले बैंकिङ सेवाभन्दा बाहिर पनि ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले यो सहकार्य अघि बढाएको जनाएको छ । बैंकका हाल देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्स्टेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4