+
+
Shares

लाहनमा भूमिहीन सुकुमवासीको प्रदर्शन

सरकारले सार्वजनिक अतिक्रमण हटाउन डोजर लगाउन थालेसँगै त्यसको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको लाहनमा भूमिहीन दलित तथा सुकुमवासीले सार्वजनिक अतिक्रमण हटाउन डोजर लगाउन थालेपछि विरोध प्रदर्शन गरेका छन्।
  • भूमि अधिकार मञ्च र मुसहर युवा सञ्जालले आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए।
  • प्रदर्शनकारीहरूले वैकल्पिक व्यवस्थाबिना गरिब तथा भूमिहीन समुदायलाई नहटाउन, आवास, लालपुर्जा र सुरक्षित बसोबासको ग्यारेन्टी माग गरेका छन्।

४ जेठ, सिरहा । सिरहाको लाहनमा भूमिहीन दलित तथा सुकुमवासीले प्रदर्शन गरेका छन् । सरकारले सार्वजनिक अतिक्रमण हटाउन डोजर लगाउन थालेसँगै त्यसको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् ।

भूमि अधिकार मञ्च र मुसहर युवा सञ्जालको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । त्यस्तै उनीहरूले अव्यवस्थित बसोबासी तथा सुकुमवासीमाथि अन्याय भइरहेको बताएका थिए ।

प्रदर्शनकारीहरूले वर्षौंदेखि बसोबास गर्दै आएका गरिब तथा भूमिहीन समुदायलाई वैकल्पिक व्यवस्थाबिनै नहटाउन पनि सरकारसँग माग गरे ।

लहानमा आयोजित प्रदर्शनमा सहभागी दलित, मुसहर तथा भूमिहीन परिवारहरूले आफूहरूलाई आवास, लालपुर्जा र सुरक्षित बसोबासको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?