News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही बैंकिङ कसुर मुद्दामा फरार भएपछि त्रिपुरासुन्दरी नगरपालिकाबाट पक्राउ परेका छन्।
- शाहीलाई जिल्ला अदालतले एक लाख धरौटीमा रिहा गरेको छ र उनीविरुद्ध बैंकिङ कसुरमा एक दिन कैद र दुई लाख ५० हजार जरिवाना सजाय भएको थियो।
- शाहीले पक्राउ परेको कुरा झुटो रहेको बताएका छन् र मुद्दा मङ्सिर २०७९ मा उजुरी दर्ता भएको थियो।
५ जेठ, डोल्पा । नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही एक लाख धरौटीमा रिहा भएका छन् ।
बैंकिङ कसुर मुद्दामा फरार भएका उपसभापति शाही सोमबार त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ परेका थिए ।
उनीविरुद्ध मुड्केचुला गाउँपालिका-१ का लंकबहादुर राेकायाले गत वर्षकाे मङ्सिरमा बैंकिङ कसुरमा उजुरी दर्ता गराएका थिए । सोही मुद्दामा उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पछि उपसभापति शाहीलाई कैद तथा जरिवाना असुलउपरका लागि जिल्ला अदालतमा बुझाइएको थियो ।
अदालतले शाहीलाई एक लाख धरौटीमा सोमबार साँझ ५ बजे रिहा गरेको अदालतका श्रेस्तेदार विदुरप्रसाद कोइरालाले जानकारी दिए ।
उनीविरुद्ध नेपाल सरकारको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी शाही भएको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले गत २०७९ कात्तिक ६ गते अन्तिम फैसला गर्दै एक दिन कैद र दुई लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो।
उपसभापति शाहीले भने पक्राउ परेको कुरा झुटो रहेको बताएका छन् ।
प्रतिक्रिया 4