News Summary
Generated by OK AI. Editorially reviewed.- होटल तथा पर्यटन समूहका ९ कम्पनीमध्ये ८ कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्।
- चैत मसान्तसम्म यी कम्पनीको औसत खुद नाफा २६ करोड १८ लाख रुपैयाँ छ, जुन गत वर्षको ८० करोड ३३ लाख रुपैयाँभन्दा घटेको छ।
- तारागाउँ रिजेन्सी, ओरियन्टल होटल र चन्द्रागिरि हिल्स जस्ता कम्पनीहरू गत वर्ष नाफामा रहेका भए पनि अहिले नोक्सानीमा छन्।
५ जेठ, काठमाडौं । होटल तथा पर्यटन समूहका ९ कम्पनी बजारमा सूचीकृत छन् ।
यीमध्ये ८ कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार औसतमा यी कम्पनीको खुद नाफा घटेको छ ।
चालु आर्थिक वर्षमा चैत मसान्तसम्म यी कम्पनीको औसत नाफा जम्मा २६ करोड १८ लाख रुपैयाँ छ । जबकि गत वर्षको यसै अवधिमा यस्तो नाफा ८० करोड ३३ लाख रुपैयाँ थियो ।
खुद नाफा घट्नुको प्रमुख कारण गत वर्षको यस अवधिमा नाफामा रहेका तीन कम्पनी अहिले नोक्सानीमा गएका छन् । जेनजी आन्दोलनका कारण होटलमा क्षति पुगेर निर्माण कार्यका लागि बन्द रहेकाले तारागाउँ रिजेन्सी अहिले नोक्सानीमा रहेको छ । होटल निर्माणको क्रम चलिरहेको छ ।
कम्पनीको वित्तीय विवरणअनुसार चैत मसान्तसम्म यसको नोक्सानी १४ करोड ४८ लाख छ, जबकि पहिले ३३ करोड ७५ लाख रुपैयाँ नाफामा थियो । त्यस्तै र्याडिसन होटल सञ्चालन गर्ने ओरियन्टल होटल पनि पहिले ४ करोड नाफामा रहेकोमा अहिले २ करोड ९३ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।
चन्द्रागिरि हिल्समा पनि जेनजी आन्दोलनका कारण तल्लो स्टेशनमा क्षति पुग्दा केही समय सेवा प्रभावित भयो, जसले गर्दा पहिले नाफामा रहेको कम्पनी अहिले नोक्सानीमा रहन पुग्यो ।
अंकित मूल्य प्रतिकित्ता १० रुपैयाँ रहेकाले नाफा उल्लेख्य देखिए पनि सोल्टी होटलको प्रतिकित्ता सेयर मूल्य र प्रतिसेयर नेटवर्थ न्यून छ । अंकित मूल्यभन्दा बजार मूल्य भने ५० गुणा बढी छ ।
कम्पनीहरूको नाफा स्थिति
| कम्पनी | नाफा २०८२ चैत | नाफा २०८१ चैत |
| सोल्टी होटल | ५५ करोड ७ लाख | ४९ करोड ९ लाख |
| तारागाउँ रिजेन्सी | –१४ करोड ४८ लाख | ३३ करोड ७५ लाख |
| ओरियन्टल होटल | –२ करोड ९३ लाख | ४ करोड ३ लाख |
| सिटी होटल | –१३ करोड ८७ लाख | –१७ करोड ३८ लाख |
| चन्द्रागिरी हिल्स | –९३ लाख | १० करोड ८ लाख |
| कालिन्चोक दर्शन | ४ करोड ९६ लाख | १ करोड १९ लाख |
| बन्दीपुर केबुलकार | –१ करोड ६२ लाख | –१ करोड २४ लाख |
कम्पनीहरूको वार्षिक प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ
| कम्पनी | प्रतिसेयर आम्दानी | प्रतिसेयर नेटवर्थ |
| सोल्टी होटल | ४.६९ | २६.७३ |
| तारागाउँ रिजेन्सी | –७.३८ | १४७.३ |
| ओरियन्टल होटल | –२.४८ | ३२८.१७ |
| सिटी होटल | –४.६० | ९७.२८ |
| चन्द्रागिरी हिल्स | –०.५८ | १००.२० |
| कालिन्चोक दर्शन | १०.५२ | १०७.९४ |
| बन्दीपुर केबुलकार | –०.५७ | ९१.९० |
प्रतिक्रिया 4