+
+
Shares

सांसदहरूलाई उजुरीकर्ताको प्रश्न– प्रधानन्यायाधीश विरुद्धका उजुरी पढिसक्नु भयो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेको १६ वटा उजुरीबारे छलफल गरिरहेको छ।
  • उजुरीकर्ता जस्मिन ओझाले शर्माको योग्यता र क्षमतामा प्रश्न उठाउँदै स्वतन्त्र न्यायलयको अवधारणा व्यबहारमा नआउने बताइन्।
  • रास्वपा सांसद कवीन्द्र बुर्लाकोटीले उजुरीकर्ता ओझालाई प्रश्न गर्न आएको कि उजुरी राख्न आएको भनेर सोध्नुभएको छ।

५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेका उजुरीबारे अहिले छलफल जारी छ ।

सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिको बैठकमा उजुरीकर्तासंग छलफल भइरहेको हो ।

कतिपयले शर्माको योग्यता र क्षमतामा समेत प्रश्न उठाएका छन् । उनीविरुद्ध १६ वटा उजुरी परेको छ ।

यसैबीच उजुरीकर्ता जस्मिन ओझाले संसदीय सुनुवाइ समिति सदस्यहरूलाई प्रस्तावित प्रधानन्यायाधीश विरुद्धका उजुरीहरू पढिसक्नु भयो ? भनेर प्रश्न गरेकी छन् ।

आज नै प्रधानन्यायाधीशको नियुक्तिको तयारी भएको सुनेको भन्दै उनले यस्तो प्रश्न गरेकी हुन ।

रास्वपा साम्सद कवीन्द्र बुर्लाकोटीले ‘तपाईं सुनुवाइ समिति सदस्यहरूलाई प्रश्न गर्न आएको कि अफ्नो उजुरी राख्न आएको ?’ भनेर प्रश्न गरे  ।

ओझाले आफू उजुरी राख्न आएको भनेर प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको योग्यतामै प्रश्न रहेको बताइन् ।

न्यायाधीश हुँदा नै योग्यता नपुगेको भन्दै उनले यस्तो व्यक्तिलाई प्रधानन्यायाधीश बनाइए स्वतन्त्र न्यायलयको अवधारणा व्यबहारमा पाउन नसकिने उनको भनाइ थियो ।

‘के को आधारमा प्रधानन्यायाधीश बनाउदै छौं भनेर सुनुवाइ समिति सदस्यहरूले ख्याल गर्नुपर्ने ?’ उनले भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?