News Summary
Generated by OK AI. Editorially reviewed.- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ।
- संसदीय सुनुवाइ समितिले उजुरी खोलेर सांसदहरूलाई वितरण गर्ने तयारी गरेको छ।
- उजुरीकर्तासँग छलफलपछि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ हुनेछ।
४ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशको भोलि नै संसदीय सुनुवाइ हुने भएको छ ।
प्रधानन्यायाधीशमा सिफारिस भएका डा.मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ । गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।
निर्धारित समयमा १६ वटा उजुरी परेको हो ।
प्राप्त उजुरी खोल्नका लागि बिहान ८ बजेका लागि संसदीय सुनुवाइ समितिको बैठक राखिएको छ ।
सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार, उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ ।
‘उजुरी खोलेर सांसदहरूलाई वितरण गरेपछि बिहान १० बजे वरिपरिबाट उजुरीकर्तासँग छलफल हुनेछ,’ सभापति श्रेष्ठले अनलाइनखबरसँग भने, ‘त्यसपछि निरन्तर बैठक चल्नेछ र प्रस्तावित प्रधनन्यायाधीशको सुनुवाइ हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4