News Summary
Generated by OK AI. Editorially reviewed.- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले कार्यसम्पादन मूल्यांकनको प्रगति विवरण चौमासिक रुपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्।
- संसदीय सुनुवाइ समितिले कार्यसम्पादन मूल्यांकन सार्वजनिक गर्न कार्यविधि बनाएको र डा. शर्माले सर्वोच्च अदालतको वेबसाइटबाट सार्वजनिक गर्ने बताएका छन्।
- डा. शर्माले न्यायपालिका संविधानप्रति उत्तरदायी, नागरिकप्रति संवेदनशील र स्वतन्त्र रहने विश्वास दिलाउनुभएको छ।
५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माले कार्यसम्पादन मूल्यांकनको प्रगति विवरण चौमासिक रुपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।
संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
सुनुवाइबाट अनुमोदन हुनेले आफ्नो कार्यसम्पादन मूल्यांकनको प्रगति विवरण चौमासिक रुपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुपर्नेगरी संसदीय सुनुवाइ समितिले आफ्नो कार्वविधि बनाएको छ ।
यसलाई मानेर सर्वोच्च अदालको वेबसाइटबाट सार्वजनिक गर्ने प्रतिबद्धता डा.शर्माले जनाएका हुन् ।
‘संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा २९ बमोजिम प्रस्तुत कार्ययोजना बमोजिमको कार्यसम्पादन मूल्याङ्कनको प्रगति विवरण सर्वोच्च अदालतको वेभ साइटमा समेत चौमासिक रुपमा सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, डा.शर्माको कार्ययोजनामा उल्लेख छ ।
आफ्नो जिम्मेवारी के हो ? भन्नेमा समेत आफू प्रष्ट रहेको उनले बताएका छन् । यस सन्दर्भमा उनले अगाडि लेखेका छन्, ‘नेपालको संविधानबमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवम् गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु प्रधान न्यायाधीशको प्रमुख जिम्मेवारी रहेको प्रति म स्पष्ट र प्रतिबद्ध छु ।’
साथै, नेपालको संविधानको धारा १३६ बमोजिम न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधान न्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि त्यत्तिकै सजग र संवेदनशील रहेको उनले बताएका छन ।
संसदीय सुनुवाइ समितिमा प्रस्तुत कार्ययोजनाको प्रभावकारी कार्यान्वयनबाट न्यायिक सुशासन र न्यायपालिकाप्रतिको जनताको आस्था एवम् विश्वास अभिवृद्धिमा योगदान पुग्ने उनको अपेक्षा छ ।
‘वस्तुत: आम नागरिकले विश्वास गर्ने न्यायपालिका स्थापित गर्ने मेरो सतत् प्रयास रहनेछ,’ उनले भनेका छन्, ‘मेरो नेतृत्वमा न्यायपालिका संविधानप्रति उत्तरदायी, नागरिकप्रति संवेदनशील, विधिको शासनप्रति प्रतिबद्ध तथा सबै प्रकारका प्रभाव र दबाबबाट स्वतन्त्र रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’
प्रतिक्रिया 4