+
+
Shares

कानून व्यवसायीले गरे दिउँसै लालटिन बालेर प्रदर्शन (तस्वीरहरू)

सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च परिसरमा प्रदर्शन भएको हो ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ जेठ ५ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कानून व्यवसायीहरूले सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति विरोध स्वरूप लालटिन बालेर प्रदर्शन गरेका छन्।
  • नेपाल बार एसोसिएसनले अदालतमा रिट निवेदन दर्ता हुन नसक्ने अवस्थाको विरोधमा दिउँसो १ बजे लालटिन बाल्ने निर्णय गरेको थियो।
  • नेपाल बारको कार्यालय प्राङ्गणमा मंगलबार दिउँसो १ बजे सत्य र न्यायको खोजीका लागि लालटिन बालिएको हो।

५ जेठ, काठमाडौं । कानून व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च परिसरमा प्रदर्शन भएको हो ।

एसोसिएसनको सोमबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालेको हो ।

प्रधानन्यायधीश सिफारिसको विषयमा नेपाल बारले असन्तुष्ट व्यक्त गर्दै आएको छ ।  वरिष्ठतम मिचेर चौथो वरीयताको न्यायाधीशलाई प्रधान्यायाधीशमा सिफारिस गरिएको भन्दै नेपाल बारले विरोध गरिरहेको छ ।

वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने बारको माग थियो । तर संवैधानिक परिषद्ले चौथो वरीयतामा रहेका न्यायाधीश मनोज शर्माको नाम सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिमा सुनुवाइसमेत सुरु भइसकेको छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?