+
+
Shares

‘भारत उत्सव २०२६’ मा नेपालका राजोपाध्याय निर्णायकको भूमिकामा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १५:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदर्शन राजोपाध्यायलाई भारतको अखिल लोकाला कल्चरल अर्गनाइजेसनले मे १६ देखि २२ सम्म हुने 'भारत उत्सव २०२६' मा निर्णायकको रूपमा निमन्त्रणा गरेको छ।
  • राजोपाध्यायले विभिन्न देशका कलाकारको सांस्कृतिक प्रस्तुति मूल्यांकन गर्नेछन् र उनको सहभागिताले कार्यक्रमलाई प्रभावशाली बनाउने विश्वास व्यक्त गरिएको छ।
  • आयोजक संस्थाले सांस्कृतिक प्रवद्र्धन र अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानमा राजोपाध्यायको भूमिकालाई महत्वपूर्ण भनेको छ।

काठमाडौं । नेपालको कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउँदै आएका सुदर्शन राजोपाध्याय भारतमा आयोजना हुने प्रतिष्ठित सांस्कृतिक महोत्सव ‘भारत उत्सव २०२६’ मा निर्णायकको रुपमा देखिने भएका छन् ।

भारतको अखिल लोकाला कल्चरल अर्गनाइजेसनले राजोपाध्यायलाई औपचारिक निमन्त्रणा पठाउँदै आगामी मे १६ देखि २२ तारिख २०२६ सम्म पुनेमा आयोजना हुने ‘भारत उत्सव २०२६’ मा निर्णायकको जिम्मेवारी सम्हाल्न आग्रह गरेको हो ।

संस्थाका महासचिव डा. प्रमोद ननवरेद्वारा पठाइएको निमन्त्रणापत्रमा राजोपाध्यायको सहभागिताले कार्यक्रमलाई अझ गरिमामय र प्रभावशाली बनाउने विश्वास व्यक्त गरिएको छ । विभिन्न देशका कलाकारको सांस्कृतिक प्रस्तुति रहने महोत्सवमा प्रस्तुत हुने प्रस्तुतिमा उनले मूल्यांकन गर्नेछन् ।

आयोजक संस्थाले सांस्कृतिक क्षेत्रको प्रवद्र्धन, कलाकारको मनोबल वृद्धि तथा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानमा राजोपाध्यायजस्ता व्यक्तित्वको भूमिका महत्वपूर्ण रहने उल्लेख गरेको छ ।

नेपालको कला र संस्कृतिलाई विश्वमञ्चमा चिनाउने नेपाली व्यक्तित्वप्रति गरिएको यो सम्मानले नेपाली सांस्कृतिक क्षेत्रका लागि थप गौरव थपेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?