+
+
Shares

बजेट घोषणाको दुई दिन अगाडिसम्म पनि आयोजना बैंकमा इन्ट्री खुला

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले बजेट सार्वजनिक हुनुभन्दा दुई दिन अगाडिसम्म आयोजना बैंकमा आयोजना इन्ट्री गर्न पाउने गरी प्रणाली खुला गरेको छ।
  • योजना आयोगले आगामी आवमा कार्यान्वयन हुने नयाँ आयोजना सम्बन्धित मन्त्रालय वा निकायले इन्ट्री गर्ने अवधि १३ जेठसम्म थप गरेको छ।
  • राष्ट्रिय आयोजना बैंक मापदण्ड २०८१ अनुसार नयाँ आयोजना चालु आवको फागुन मसान्तभित्र प्रविष्टि गरिसक्नु पर्ने व्यवस्था छ।

५ जेठ, काठमाडौं । सरकारले बजेट सार्वजनिक हुनुभन्दा दुई दिन अगाडिसम्म पनि आयोजना बैंकमा आयोजना इन्ट्री गर्न पाउने गरी प्रणाली खुला गरेको छ ।

यस वर्ष योजना आयोगले मन्त्रालयहरूलाई पटक पटक यो सुविधा दिएको थियो । त्यसका वावजुत विभिन्न मन्त्रालय/निकायको अनुरोध, पृष्ठपोषणसमेतलाई मध्यनजर गरी आगामी आवमा कार्यान्वयन हुने नयाँ, क्रमागत, अध्ययन र विशेष परिस्थितिका आयोजना सम्बन्धित मन्त्रालय वा निकायले इन्ट्री गर्न पाउने अवधि १३ जेठसम्म थप गरिएको आयोगले जनाएको छ ।

राष्ट्रिय आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड २०८१ अनुसार आगामी आवमा कार्यान्वयन हुने नयाँ आयोजना चालु आवको फागुन मसान्तभित्र आयोजना बैंकमा प्रविष्टि गरिसक्नु पर्ने व्यवस्था छ ।

यस वर्ष यो व्यवस्थामा आयोग अनपेक्षित लचिलो बनेको छ । १ चैत २०८२ मा यो अवधि थप गरी २२ चैतसम्म पुर्‍याइएको थियो । त्यसलाई पुनः १० वैशाखसम्म थप गर्ने निर्णय गरेको थियो । आयोगको १ जेठ २०८३ को निर्णय अनुसार अब यस्तो अवधि १३ जेठसम्म थप गरिएको हो । १५ जेठमा बजेट नै सार्वजनिक गर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?