+
+
Shares

इरानी सेनाले भन्यो–हामी पहिलाभन्दा बढी बलियो र तयार छाैं

अझै पनि इरान कुनै पनि सम्झौता गर्न तयार नभएको ठूलो हमला हुने ट्रम्पले धम्की दिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १५:३२

५ जेठ, काठमाडौं । इरानले आफ्नो सेना पहिलेभन्दा बढी तयार र बलियो रहेको दाबी गरेको छ । इरानी सेनाको खातम अल अम्बिया केन्द्रीय हेडक्वार्टरका प्रमुख मेजर जनरल अली अब्दुल्लाहीले इरानी सेना दुस्मनको सशक्त प्रतिवाद गर्न तयार रहेको बताएका हुन् ।

‘इरानको फौज सधैँ तयार र कुनै पनि दुस्मनको आक्रमणको सशक्त तवरले ठूलो मात्रामा जवाफ दिन तयार छ,’ उनले भनेको उधृत गर्दै इरानी सरकारी न्युज एजेन्सीले लेखेको छ ।

यसअघि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाले इरानमाथि हमला गर्ने तय भएपनि खाडी देशले रोकेको बताएका थिए ।

अझै पनि इरान कुनै पनि सम्झौता गर्न तयार नभएको ठूलो हमला हुने ट्रम्पले धम्की दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?