+
+
Shares

आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा अर्थ समितिले आगामी आर्थिक वर्षको बजेट सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ।
  • समिति सभापति डा. कृष्ण हरि बुढाथोकीले विज्ञहरूसँग छलफल गरी सरकारलाई सुझाव तथा निर्देशन दिने जानकारी दिनुभयो।
  • उपसमितिहरूलाई पनि बजेट तर्जुमामा आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित सुझाव पेश गर्न निर्देशन दिइएको छ।

५ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डा. कृष्ण हरि बुढाथोकीले जानकारी दिए ।

बैठकमा समिति सदस्यहरूले आगामी बजेट तर्जुमा सन्दर्भमा धारणा राखेका थिए ।

सदस्यहरूले उठाएका बिषयमा बिज्ञहरूसंग छलफल गरि सरकारलाई आवश्यक सुझाव तथा निर्देशन दिइने सभापति बुढाथोकीले बताए ।

त्यस्तै समिति अन्तर्गतका उपसमितिहरूलाई पनि बजेट तर्जुमाका सन्दर्भमा आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित रहेर थप सुझाव पेश गर्न निर्देशन दिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?