+
+
Shares

श्रीलंका टापुबाट ‘महाराजधिराज’ छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'महाराजधिराज'को छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु भएको छ र एक हप्तासम्म त्यहाँ चल्नेछ।
  • फिल्मको बाँकी छायांकन काठमाडौं, भक्तपुर र कीर्तिपुरका ऐतिहासिक स्थानमा हुनेछ र कुल ७० दिनसम्म चल्ने तालिका छ।
  • निर्देशक परिच्छेद सेनले निर्देशन गरेको पिरियडिक ड्रामा फिल्म आगामी फूलपातीमा प्रदर्शन हुने जनाइएको छ।

काठमाडौं । फिल्म ‘महाराजधिराज’को छायांकन सुनसरीबाट सुरु भएको छ । त्यहाँको श्रीलंका टापुबाट सुरु भएको छायांकन उक्त स्थानमा एक हप्तासम्म चल्नेछ ।

बाँकी छायांकन काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानमा हुनेछ । सम्पूर्ण छायांकन भने ७० दिनसम्म चल्ने तालिका छ ।

परिच्छेद सेनले निर्देशन गरिरहेको फिल्मलाई नवराज थापाले खिचिरहेका छन् । फिल्मलाई पिरियडिक ड्रामा बताइएको छ ।

फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डीसी, सुशील सिटौलाको अभिनय छ ।

हिउँवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटाको पनि अभिनय हुनेछ ।

प्रस्तुतकर्ता विराज विष्ट हुन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्ममा निर्देशक सेन स्वयंको पटकथा लेखन छ ।

निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । फिल्मको प्रदर्शन आगामी फूलपातीमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?