+
+
Shares

कञ्चनपुर प्रहरीले एक वर्षमा बरामद गर्‍यो साढे १३ किलो लागुऔषध

कञ्चनपुर प्रहरीले खैरो हिरोइन, चरेश र गाँजा गरी उक्त परिणाममा लागुऔषध बरामद गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक वर्षमा ५९०.८७५ ग्राम खैरो हिरोइन, ८ किलो २२ ग्राम चरेश र ५ किलो गाँजा बरामद गरेको छ।
  • प्रहरीले ५८७ थान एम्पुल र ४८ ट्याब्लेट औषधिजन्य लागुऔषध पनि बरामद गरेको छ।
  • लागुऔषध ओसारपसारमा संलग्न र प्रयोगकर्ताको आरोपमा २११ जना पक्राउ परेका छन्, जसमा १८ महिला र १९३ पुरुष छन्।

६ जेठ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक वर्षको अवधिमा झण्डै साढे १३ किलो लागुऔषध बरामद गरेको छ ।

कञ्चनपुर प्रहरीले खैरो हिरोइन, चरेश र गाँजा गरी उक्त परिणाममा लागुऔषध बरामद गरेको हो ।

प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार ५९०.८७५ ग्राम खैरो हिरोइन, ८ किलो २२ ग्राम चरेश र ५ किलो गाँजा बरामद भएको छ ।
यस्तै ५८७ थान एम्पुल र ४८ ट्याब्लेट औषधिजन्य लागुऔषध बरामद गरिएको प्रहरीको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीका अनुसार लागुऔषध ओसारपसारमा संलग्न र प्रयोगकर्ताको आरोपमा २११ जना पक्राउ परेका छन् । जसमध्ये १८ महिला र १९३ पुरूष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?