+
+
Shares

सीएनआई युवा उद्यमी मञ्चद्वारा आर्थिक र औद्योगिक अवस्थाबारे बहस

छलफलमा संघीय वित्तीय प्रशासनका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी बाधा र नेपालको वाणिज्य क्षेत्रमा भइरहेको परिवर्तनबारे विमर्श गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग परिसंघ युवा संगठनले काठमाडौंमा नेपालको आर्थिक तथा औद्योगिक अवस्थाबारे बहस सम्पन्न गरेको छ।
  • बहसमा पूर्वमन्त्री अनिलकुमार सिन्हा, पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाल र सीएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डे सहभागी थिए।
  • सीएनआईवाईईएफ अध्यक्ष मनिष श्रेष्ठले 'भविष्यको मार्ग तय गर्न हामीले पहिले आफ्नो वर्तमान अवस्थाको सही विश्लेषण गर्नुपर्छ' भने।

६ जेठ, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) युवा संगठन सीएनआई युवा उद्यमी मञ्चले काठमाडौंमा नेपालको आर्थिक तथा औद्योगिक अवस्था विश्लेषणबारे बहस सम्पन्न गरेको छ ।

यस कार्यक्रमले नेपाली अर्थतन्त्रका संरचनागत चुनौती र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा व्यवसायी नेतृत्व, नीति विज्ञ र उद्योगीलाई एकै ठाउँमा ल्याएको सीएनआईएले जनाएको छ । छलफलमा नेपालको वित्तीय र कानुनी ढाँचा निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका विज्ञहरू सहभागी थिए ।

छलफलमा पूर्वमन्त्री अनिलकुमार सिन्हा, पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाल, सीएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डे लगायत सहभागी थिए ।

कार्यक्रममा सीएनआईवाईईएफ अध्यक्ष मनिष श्रेष्ठले वर्तमान आर्थिक अवस्थाको सही विश्लेषण गर्नुपर्नेमा जोड दिए ।

‘भविष्यको मार्ग तय गर्न हामीले पहिले आफ्नो वर्तमान अवस्थाको सही विश्लेषण गर्नुपर्छ, अनुभवी नीतिनिर्माता र युवा उद्यमीको ऊर्जाबीचको दुरी मेटाउन मञ्च सधैं प्रतिबद्ध छ,’ उनले भने ।

छलफलमा संघीय वित्तीय प्रशासनका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी बाधा र नेपालको वाणिज्य क्षेत्रमा भइरहेको परिवर्तनबारे विमर्श गरिएको थियो ।

प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवा लगायत क्षेत्रका प्रतिनिधिले तरलता, नीतिगत स्थिरता र लगानी वातावरणका विषयमा प्यानलिस्टहरूसँग जिज्ञासा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?