+
+
Shares

कल्याणपुरमा नि:शुल्क स्वास्थ्य शिविर, ४३० जना लाभान्वित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते ७:१०

७ जेठ, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ९ को कार्यालय र फुलकुमारी मेमोरियल होस्पिटलको समन्वयमा आयोजित एकदिने स्वास्थ्य शिविरबाट ४३० जनाले नि:शुल्क स्वास्थ्य सेवा लिएका छन् । शिविरमा बिरामीहरूलाई औषधिसमेत नि:शुल्क वितरण गरिएको आयोजकले जनाएको छ ।

वडा कार्यालयको आयोजनामा सम्पन्न शिविरमा महिला प्रसूति तथा स्त्री रोगका १०० जना, बाल रोगका १०० जना, जनरल फिजिसियनका २०० जना तथा आँखा रोगका ३० जना बिरामीले सेवा लिएको शिविरमा सहभागी चिकित्सक डा. चन्द्रशेखर यादवले जानकारी दिए ।

वडा नं. ९ का अध्यक्ष विनोद यादवले आर्थिक अवस्था कमजोर भएका तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका अति विपन्न परिवारका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताए ।

उनले गाउँघरका धेरै नागरिक आर्थिक अभावका कारण उपचार गराउन नसक्ने तथा रोग पहिचानसमेत गर्न नपाएको गुनासो आउने गरेको उल्लेख गर्दै त्यही अवस्थालाई मध्यनजर गरी शिविर आयोजना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?