+
+
Shares

‘मेरो डान्स युनिभर्स’ विजेता रिश्ता ‘आबाट आमा २’ बाट फिल्ममा डेब्यू गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रिश्ता गुरुङले चन्द्र पन्त निर्देशित फिल्म 'आबाट आमा २' मा शीर्ष भूमिका निभाउने भएकी छन्।
  • फिल्मको छायांकन आगामी सोमबार चित्लाङबाट सुरु हुँदै लन्डनमा पनि हुनेछ।
  • फिल्ममा पल शाह, आकाश श्रेष्ठ, विपना थापा लगायत कलाकारहरू अभिनय गर्नेछन्।

काठमाडौँ । ‘मेरो डान्स युनिभर्स सिजन २’ की विजेता रिश्ता गुरुङले फिल्म अभिनयमा डेब्यू गर्ने भएकी छन् । चन्द्र पन्तले निर्देशन गर्न लागेको फिल्म ‘आबाट आमा’को दोस्रो श्रृंखलामा गुरुङलाई देख्न पाइनेछ ।

‘आबाट आमा २’ नाम दिइएको यो फिल्ममा उनको शीर्ष भूमिका हुने निर्देशक पन्तले जानकारी दिए । तर, कसको अपोजिटमा उनले अभिनय गर्नेछिन् भन्ने कुरा उनले खुलाएनन् ।

यो फिल्ममा पल शाह र आकाश श्रेष्ठ पुरुष कलाकारतर्फ शीर्ष भूमिकामा छन् ।

पोखराकी गुरुङले गतवर्ष नृत्यमा आधारित टिभी रियालिटी शोको उपाधि जितेकी थिइन् । ‘उक्त शोको फिनालेको समयमा पनि फिल्मबारे कुरा भएको थियो । त्यतिबेला नै काम गराउनुपर्छ भन्ने लागेको थियो’ पन्तले भने ।

गतवर्ष रिलिज भएको ‘आबाट आमा’को शीर्षकसँग मिल्दोजुल्दो भएपनि कथावस्तु भने फरक रहेको निर्देशक पन्तले बताए । नयाँ फिल्ममा पल र आकाशसहित विपना थापा, साइग्रेस पोखरेल, सबिन श्रेष्ठ, प्रदीप रावतको पनि अभिनय हुनेछ ।

यो फिल्मको छायांकन आगामी सोमबार चित्लाङबाट सुरु हुँदैछ । ३० दिनको सेड्युलसहित सुरु हुने छायांकन लन्डनमा पनि चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?