+
+
Shares

मीनबहादुरले दानमा दिएको जग्गा फिर्ता गर्ने एमालेको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते २२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको सचिवालय बैठकले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा भवन लिने निर्णय उल्ट्याउँदै मदननगर बल्खुमै नयाँ कार्यालय बनाउने निर्णय गरेको छ ।
  • एमाले उपमहासचिव लेखराज भट्टले "मदननगरमा आफ्नै जमिन भएको ठाउँमा भवन निर्माण संभव भएको छ" भन्दै बल्खुमै भवन बनाइने बताउनुभयो ।
  • यसअघि २०८१ असोजमा पार्टी अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले कलंकीमा बन्ने भनिएको नयाँ भवनको शिलान्यास गरेका थिए ।

१० जेठ, काठमाडौ । नेकपा एमालेले बल्खुमै नयाँ कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ ।

आज सम्पन्न सचिवालय बैठकले मीनबहादुर गुरुङबाट दानमा भवन लिने निर्णय उल्ट्याएको हो । ‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता मीनबहादुर गुरुङ दम्पत्तिलाई धन्यवाद सहित उहाँहरुको प्रस्ताव फिर्ता गर्ने र नयाँ कार्यालय भवन मदननगर बल्खुमै निर्माण गर्ने निर्णय भएको छ,’ उपमहासचिव लेखराज भट्टले भने ।

बल्खुमै नयाँ भवन निर्माण गर्न सकिने प्रतिवेदन आएको समेत उनले बताए । ‘मदननगरमा आफ्नै जमिन भएको ठाउँमा भवन निर्माण संभव भएको छ,’ भट्टले भने ।

०७८ सालदेखि च्यासलमा बसिरहेको एमालेलाई गुरुङले एक अर्ब बराबरको भवन दानमा दिने सहमति गरेका थिए । सोही बमोजिम ०८१ असोजमा एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले भवन शिल्यान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?