News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डको बक्सअफिस विवरण अनुसार चलचित्र ‘लालीबजार’ ले ५ करोड ७६ लाख ३९ हजार ४७१ रुपैयाँ ग्रस कमाएको छ ।
- अभिनेता प्रकाश सपुत स्टारर चलचित्र ‘परालको आगो’ ले बक्सअफिसमा ४ करोड २७ लाख ५३ हजार ६४८ रुपैयाँ ग्रस कमाएको छ ।
- बोर्डका अनुसार चलचित्र ‘लाइफ ड्यामेज’ ले २८ लाख ४६ हजार १७० र ‘एक मुठ्ठी बादल’ ले ५ लाख २१ हजार ८२५ रुपैयाँ कमाएका छन् ।
काठमाडौं । चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्मको बक्सअफिस विवरण सार्वजनिक गरेको छ । जसअनुसार, ‘लालीबजार’ ले ५ करोड ७६ लाख ३९ हजार ४७१ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई १ लाख ९६ हजार ४०६ जना दर्शकले हेरेका छन् ।
‘मालती मंगले’ ले ५१ लाख ६३ हजार ५९३ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई १६ हजार १३७ जनाले हेरेका छन् । आँचल शर्माको ‘एक मुठ्ठी बादल’ले ५ लाख २१ हजार ८२५ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई १५०१ जना दर्शकले हेरेका छन् ।
‘गुरुआमा’ ले २९ लाख ४२ हजार ५७६ जनाले हेरेका छन् । सोही अवधिसम्म यो फिल्मलाई ९ हजार ३२७ जना दर्शकले हेरेका छन् । सुरक्षा पन्तको ‘लाइफ ड्यामेज’ ले २८ लाख ४६ हजार १७० रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई ९ हजार २४१ जनाले हेरेका छन् ।
प्रकाश सपुत स्टारर ‘परालको आगो’ ले ४ करोड २७ लाख ५३ हजार ६४८ रुपैयाँ कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई १ लाख ५३ हजार ९२५ जनाले हेरेका छन् ।
प्रतिक्रिया 4