+
+
Shares

महिलाको गलाको सिक्री चोरेको आरोपमा एक जना पक्राउ

महिलाको गलाको सिक्री थुत्ने र बेच्ने व्यक्ति पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा महिलाको सुनको सिक्री थुत्ने रामकुमार तामाङ र बिक्री गर्ने किशोर थापालाई प्रहरीले पक्राउ गरेको छ ।
  • तामाङलाई प्रहरी वृत्त महाराजगञ्ज र थापालाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
  • तामाङले २४ वैशाखमा चाबहिल र ९ जेठमा बसुन्धारामा महिलाहरूको गलाबाट सिक्री थुतेको प्रहरीले जनाएको छ ।

११ जेठ, काठमाडौं । महिलाको गलाको सिक्री थुत्ने र बेच्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा टोखा नगरपालिका बानियाँटार बस्ने ४६ वर्षीय रामकुमार तामाङ र ललितपुर–१ बस्ने ६३ वर्षीय किशोर थापा छन् ।

तामाङलाई प्रहरी वृत्त महाराजगञ्जले र थापालाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

तामाङले महिलाको गलाको सिक्री थुत्ने र थापाले बेच्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

२४ वैशाखको दिउँसो पौने २ बजेतिर चाबहिलको आकाशे पुलमा एक महिलाको गलाको सिक्री तामाङले थुतेका थिए ।

त्यस्तै ९ जेठमा साँझ साढे ६ बजेतिर बसुन्धाराको कल्कीनारायणको मन्दिरमा दर्शन गर्न आएकी महिलाको सिक्री पनि उनले थुतेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?