News Summary
Generated by OK AI. Editorially reviewed.- कजारिया रमेश टायल्सले ‘मिस नेपाल २०२६’ को मुख्य प्रायोजनका साथ ‘डाइन विथ द डिभाज’ नामक उपभोक्ता अभियान सार्वजनिक गरेको छ ।
- यो योजना २०८३ जेठ १० देखि २५ गतेसम्म नेपालगन्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंमा सञ्चालन हुनेछ ।
- ग्राहकहरूले अभियान अवधिभर एकै पटक न्यूनतम १ हजार वर्गफिट कजारिया टायल्स खरिद गरी यस योजनामा सहभागी हुन सक्नेछन् ।
११ जेठ, काठमाडौं । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक कजारिया रमेश टायल्सले आफ्नो विशेष उपभोक्ता अभियान ‘डाइन विथ द डिभाज– एन इभिनिङ विथ मिस नेपाल’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
यस अभियानले मिस नेपाल अडिसन आयोजना हुने प्रमुख सहरका जोडीहरूलाई वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनरको अविस्मरणीय अनुभव बटुल्ने अनुपम अवसर प्रदान गर्दछ ।
यस अभियानमा सहभागी हुन ग्राहकले अभियान अवधिभर एकै पटक न्यूनतम १ हजार वर्गफिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ । मिस नेपालको क्षेत्रीय अडिसन टुरसँग जोड्दै ल्याइएको यो योजना अडिसन हुने सात सहर नेपालगन्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंमा खरिद गर्ने जोडीहरूका लागि मात्र लागु हुनेछ ।
‘मिस नेपालसँगको हाम्रो साझेदारीले भव्यता र आधुनिक उत्कृष्टतालाई उजागर गर्दछ’ अभियानको शुभारम्भका अवसरमा कजारिया रमेश टायल्सका प्रवक्ताले भने, ‘डाइन विथ द डिभासमार्फत हामी यो उत्सवलाई ग्राहकहरूसम्म सिधै पुर्याउन चाहन्छौं ।’ आफ्नो घर तथा कोठाहरू सजाउनका लागि कजारिया रोज्ने ग्राहकहरूप्रति कृतज्ञता स्वरूप अविस्मरणीय जीवनशैलीको अनुभव प्रदान गर्न चाहेको कम्पनीले जनाएको छ ।
यो अभियान २०८३ जेठ १० देखि जेठ २५ गते सम्म यी सात सहरमा रहेका कजारियाका शोरुममा सञ्चालन हुनेछ । यो अफर अभियान अवधिभित्र गरिएको एकल खरिद बिलमा मात्र मान्य हुनेछ र यसमा सामान्य नियम तथा सर्तहरू लागु हुनेछन् ।
थप जानकारीका लागि ग्राहकहरूले आफ्नो नजिकैको आधिकारिक कजारिया शोरुममा सम्पर्क गर्न वा कजारिया रमेश टायल्स लिमिटेडको आधिकारिक सामाजिक सञ्जालहरू भिजिट गर्न सक्नेछन् ।
प्रतिक्रिया 4