+
+
Shares

सुनको भाउ १ हजार ३ सय रुपैयाँ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते ११:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँ घटेर २ लाख ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
  • त्यस्तै चाँदीको भाउ पनि तोलामा ९० रुपैयाँ घटेर ५ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

१२ जेठ, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा २ लाख ९१ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ९० रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ६० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

गत मंगलबार चाँदीको भाउ प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?