News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सांसद हरि पन्तले वीरगञ्जस्थित नारायणी रङ्गशाला र नारायणी अस्पताललाई आगामी बजेटमा प्राथमिकता दिन माग गरेका छन् ।
- सांसद पन्तले वीरगञ्जको सानोपाइला सहकारीका बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने प्रक्रिया यथाशीघ्र शुरू गर्न सरकारसँग माग गरे ।
- वीरगञ्जको सडक विस्तारका क्रममा उठिबास लागेका नागरिकको समस्यालाई बागमती किनारको बस्तीजस्तो नठान्न उनले सरकारको ध्यानाकर्षण गराए ।
१२ जेठ, काठमाडौं । रास्वपाका सांसद हरि (बुद्धिबहादुर) पन्तले आगामी बजेटमा वीरगञ्जस्थित नारायणी रंगशाला र नारायणी अस्पतालका लागि प्राथमिकतामा राख्न माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पन्तले समग्र मुलुककै झन्डै आधा राजस्वको भार थेग्ने मधेश प्रदेशको एक मात्रै शहर वीरगञ्ज अघिल्ला सरकारहरूबाट सधैं उपेक्षितमा पर्ने गरेको बताए ।
वीरगञ्जले सधैं राज्यलाई राजस्व र कर दिन मात्रै अगाडि रहेको स्मरण गराउँदै सांसद पन्तले तर राज्यबाट विकास निर्माणका बजेट पाउन सधैं पछाडि पारिएको बताए ।
उनले भने, ‘सभामुख महोदय यसपालीको बजेटमा दशरथ रंगशाला पछिकै ठूलो वीरगञ्जको नारायणी रंगशाला र वीर अस्पतालभन्दा केही वर्ष मात्रै कान्छो नारायणी अस्पताललाई प्राथमिकता दिइयोस् ।’
सांसद पन्तले वीरगञ्जस्थित सानोपाइला सहकारीका बचतकर्ताहरूको रकम फिर्ता प्रक्रिया यथाशीघ्र सुरु गर्न पनि सरकारसँग माग गरे ।
गण्डकदेखि वीरगञ्ज भन्सारसम्मको करिब ५ किलोमिटर सडक खण्डको दुवै तिर सयौं बर्ष अघि बसेको मुख्य बजारका करिब १ हजार २०० घरहरू डेढ महिना अघि छोटो सूचना र बिना योजना डोजर लगाएर भत्काइँदा त्यहाँ धेरै अन्योलता सिर्जना भएको भन्दै त्यसको समाधान यथाशीघ्र गर्न सरकारसँग माग गरे ।
सांसद पन्तले मेनरोडका सयौं मानिसहरू घरबारविहीन भएको भन्दै उनले वीरगञ्जको घटनालाई बागमती किनारको बस्तीको नजरले हेर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण समेत गराए ।
प्रतिक्रिया 4