+
+
Shares

संसद् पुग्यो राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते २०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ दर्ता गर्नुभएको छ ।
  • वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न र डिजिटल करेन्सी सम्बन्धी व्यवस्था स्पष्ट पार्न यो विधेयक ल्याइएको हो ।
  • नेपाल राष्ट्र बैंकलाई अझ स्वायत्त, उत्तरदायी र पारदर्शी बनाउन कानूनी सुधार आवश्यक रहेको विधेयकमा उल्लेख छ ।

१२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ संसद् पुगेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।

नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्‍याउने उद्देश्यले मूल्य तथा शोधनान्तर स्थिरता कायम राखी समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न विधेक ल्याइएको हो ।

अर्थमन्त्री डा. वाग्लेका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा आएको परिवर्तन, वित्तीय प्रणालीको विस्तार, डिजिटल प्रविधिको प्रयोग तथा केन्द्रीय बैङ्कको भूमिकामा आएको विकासलाई दृष्टिगत गर्दा प्रचलित ऐनका केही व्यवस्थालाई थप स्पष्ट, व्यवस्थित तथा समयानुकूल बनाउनु विधेयकको उद्देश्य छ ।

विशेषगरी बैंकको उद्देश्य, गभर्नर तथा सञ्चालकको नियुक्ति र पदमुक्ति सम्बन्धी व्यवस्था, वित्तीय स्थायित्व कायम गर्ने संयन्त्र, डिजिटल करेन्सी सम्बन्धी व्यवस्था तथा नियामकीय अधिकारलाई स्पष्ट र प्रभावकारी बनाउने उद्देश्य विधेयकले राखेको छ ।

नेपाल राष्ट्र बैंकलाई अझ स्वायत्त, उत्तरदायी, पारदर्शी तथा प्रभावकारी रूपमा सञ्चालन गर्न कानुनी सुधार आवश्यक भएको विधेयक ल्याएको अर्थमन्त्री वाग्लेले विधेयकको उदेश्य र कारणमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?