१४ जेठ, काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार मकाउको ग्यालेक्सी एरेनामा भएको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा हराउँदै रविन्द्र सेमिफाइनलमा पुगेका हुन् ।
रविन्द्रलाई समर्थन गर्न हजारौं नेपाली समर्थकहरू पुगेका थिए । ‘बझाङको बाघ’ भनेर समेत चिनिने रविन्द्र ढाँट रविन्द्र रोड टु युएफसीमा फाइट जित्ने पहिलो नेपाली फाइटर समेत बनेका छन् ।
रविन्द्रले सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग खेल्नेछन् ।
रविन्द्रले सुरुमा म्याट्टी इयानसँग खेल्ने तय थियो । म्याट्टी घाइते भएपछि उनलाई फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनले रिप्लेस गरेका थिए ।
ब्यान्टमवेटमा प्रतिस्पर्धा गरिरहेका रविन्द्रले यस तौल समूहमा विजेता बने युएफसीको मुख्य स्टेजमा छनोट हुनेछन् ।
रविन्द्र पछिल्लो समय नेपाली एमएमएमा सबैभन्दा चर्चित फाइटरको रुपमा चिनिन्छन् ।
उनले गत वर्ष भारतको ग्रेटर नोइडामा भएको मेट्रिक्स फाइट नाइट १७ मा भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै टाइटल जितेका थिए ।
प्रतिक्रिया 4