+
+
Shares

एमाले प्रचार प्रमुखमा निरज आचार्य, चौतारी इन्चार्ज रामकुमारी झाँक्री

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले अपानि–२ मार्फत निरज आचार्यलाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
  • एमालेले सोही अपानिमार्फत नेतृ रामकुमारी झाँक्रीलाई प्रेस चौतारी नेपालको इन्चार्ज तोकेको छ ।

१६ जेठ, काठमाडौं । नेकपा एमालेले प्रचार विभाग प्रमुखको जिम्मेवारी निरज आचार्यलाई दिएको छ ।

अपानि–२ मार्फत आचार्यलाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि निर्वाचन विभाग प्रमुख थिए ।

युवा संघ पुष्ठभूमिका आचार्यलाई निर्वाचन विभाग प्रमुखकै प्रस्ताव गरिएको थियो । तर अपानि मार्फत उनको जिम्मेवारी हेरफेर भएको छ ।

अपानिले रामकुमारी झाँक्रीलाई प्रेस चौतारी नेपालको इन्चार्ज तोकेको छ । यसअघि प्रचार विभाग प्रमुख नै चौतारीको पनि इन्चार्ज रहने गर्थ्यो । तर यसपटक अलगअलग व्यक्तिलाई जिम्मेवारी दिएर अपानि जारी गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?