१६ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन् ।
प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज बिहान मेडिसिटी अस्पताल पुर्याइएको थियो । अस्पतालमा जाँच गरेपछि चिकित्सकहरुले निमोनियाको शङ्का गरेका छन् । निमोनिया भएको चिकित्सकहरूको सल्लाहमा उनलाई मेडिसिटीमै भर्ना गरिएको मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
प्रचण्ड अस्वस्थ भएका कारण शुक्रबार गणतन्त्र दिवसको समारोहमा पनि सहभागी भएका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4