+
+
Shares

अर्थ मन्त्रालयको स्पष्टीकरण : सबै मूल्यका विद्युतीय सवारीमा कर लाग्छ

यस वर्ष आर्थिक विधेयकले भन्सार ऐनसम्बन्धी प्रावधान संशोधन गर्दै सबै प्रकारका विद्युतीय सवारीमा समान २० प्रतिशत भन्सार महसुल लगाउने व्यवस्था गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १४:२९

१६ जेठ, काठमाडौं । अर्थ मन्त्रालयले बजेटको नयाँ व्यवस्थाले सबै विद्युतीय सवारीको आयातमा कर लाग्ने स्पष्ट गरेको छ ।

अर्थ मन्त्रीको सचिवालयले एक स्पष्टीकरण सार्वजनिक गर्दै २० देखि ३० लाख कारोबार मूल्य भएका विद्युतीय सवारीमा २० प्रतिशत भन्सार र २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शूल्क लाग्ने व्यवस्था गरिएको जनाएको छ ।

यस वर्ष आर्थिक विधेयकले भन्सार ऐनसम्बन्धी प्रावधान संशोधन गर्दै सबै प्रकारका विद्युतीय सवारीमा समान २० प्रतिशत भन्सार महसुल लगाउने व्यवस्था गरेको छ ।

यसबाहेक सरकारले यस वर्षदेखि स्वच्छ पूर्वाधार लगानी शूल्कको व्यवस्था गरेको छ । अन्तशूल्क हटाएर नयाँ शीर्षकको शूल्क लगाउने घोषणा बजेटमा गरिएको हो ।

यसअघि मोटरको पिक आवर क्षमताका आधारमा अन्तशूल्क लाग्ने गरेकोमा अब मूल्यका आधारमा शूल्क लिइने भएको छ ।

जुन २० लाखसम्मको सवारीमा २.५० प्रतिशत र ५० लाख भन्दा माथिको सवारीमा १३० प्रतिशतसम्म लाग्ने प्रावधान राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?