+
+
Shares

सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन विपक्षीको माग

सीमा विवादबारे प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि संसद्‌मै प्रश्न उठेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १४:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भनी संसद्मा दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसदहरूले माग गरेका छन् ।
  • "म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ" भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि संसद्मा प्रश्न उठेको छ ।
  • नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गम्भीर भएको बताएका छन् ।

१७ जेठ, काठमाडौं । सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिमाथि संसद्मै प्रश्न उठेको छ ।

नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायतले सीमा विवादबारे प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले भनेका छन्, ‘मुलुकको राष्ट्रिय अखण्डतामा आँच आउने खालको अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीज्यूले जसरी जिम्मेवार व्यक्ति, जिम्मेवार सदनको रोष्ट्रमबाट व्यक्त गर्नुभएको छ । यो सामान्य विषय छैन ।’

प्रधानमन्त्री बालेनले ‘अनौपचारिक कुराकानीमा राखेको विषय जस्तो सम्झिए जस्तो गरी बोलेको हुन सक्ने भन्दै उनले थपे, ‘यो कुरा धेरै नै गम्भीर छ ।’

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ ।’ सीमा विवादको विषयमा दुईपक्ष बसेर हेर्ने पनि उनको प्रतिवद्धता थियो ।

यसमा प्रश्न उठाउँदै सांसद मल्लले भने, ‘के अरु कुनै मुलुकका प्रमुख/राष्ट्र प्रमुखहरूले मञ्चमा बसेर हामीले फलानो देशको भूमि मिचेका छौं भन्छन् होला ? यो कति गम्भीर विषय छ ।’

यसकारण पनि प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने उनको माग छ ।

सांसद मल्लले भनेका छन्, ‘यो सम्माननीय प्रधानमन्त्रीको अभिव्यक्तिलाई हामीले संसद्को तर्फबाट करेक्सन गर्नैपर्दछ । र त्यो अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइनुपर्छ ।’

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले पनि यो विषयमा प्रश्न उठाइन् ।

‘सम्माननीय प्रधानमन्त्रीले ‘नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको रहेछ’ भन्नुभयो । यहाँ कहाँनेर मिचिएको हो यसबारे छिटो भन्दा छिटो अवगत गराइयोस्’ उनले भनेकी छन्, ‘यो गम्भीर विषय हो । प्रधानमन्त्रीले दुई देशको सीमाबारे बोलेको यो सत्य हो भने राखिनपर्‍यो । यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?