+
+
Shares

आगामी वर्षको बजेट महत्त्वाकांक्षी : महासंघ उपाध्यक्ष श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते ११:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट महत्त्वाकांक्षी रहेको र यसमा स्रोत व्यवस्थापनको चुनौती रहेको बताएका छन् ।
  • उपाध्यक्ष श्रेष्ठले व्यक्तिगत आयकरको सीमा १० लाख रुपैयाँ पुर्‍याइनु र स्युचाटारमा पहिलो एआई कम्प्युटर सेन्टर निर्माण गर्ने बजेटको घोषणा सकारात्मक रहेको बताए ।
  • उनले ५० युनिटभन्दा बढी विद्युत् खपतमा कर लगाउने र विद्युतीय सवारीको कर बढाउने नीतिले उपभोक्तामाथि भार थपिने भन्दै चिन्ता व्यक्त गरे ।

१८ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट महत्त्वाकांक्षी रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेट स्रोत व्यवस्थापनको चुनौतीसहित आएको उल्लेख गरे ।

‘पूँजीगत खर्चका लागि केबल २० प्रतिशत मात्र देखिएको छ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘६ खर्ब भन्दा बढी वित्तीय घाटा सहितको बजेट आएको छ ।’

उनले कतिपय विषय परम्परागतबाट रुपान्तरणकारी तर्फ जान खोजेको बताए । व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याइनु सकारात्मक भएको उनले बताए ।

‘लगानी बोर्डले स्वीकृत दिइसकेको र अन्य निकायबाट दोहोरो स्वीकृति नचाहिने व्यवस्थाले सहज र झन्झटयुक्त लगानीको वातावरण प्रदान गरेको देखिन्छ,’ उनले भने ।

स्युचाटारमा मुलुककै पहिलो एआई कम्प्युटर सेन्टर निर्माण गर्ने विषय स्वागतयोग्य भएको बताए । सुरूवाती चरणमा अनुदान, सहुलियतपूर्ण कर्जा तथा निजी क्षेत्रलाई सह लगानीमा जोड्दै स्टार्टअपलाई अगाडि बढाउने योजना महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

त्यस्तै ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताका लागि ५ प्रतिशत कर र शिक्षा तथा स्वास्थ्यमा लगाइएको करमा पुनर्विचार गरिनुपर्ने बताए । निजी क्षेत्र र उपभोक्तामाथि भार पर्ने हुँदा यसलाई संशोधन गर्नुपर्नेमा उनले जोड दिए ।

श्रेष्ठले विद्युतीय सवारीसाधनतर्फको कर बढाउँदा प्रयोग घट्न सक्नेतर्फ चिन्ता व्यक्त गरे । स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?