+
+
Shares

विपक्षी दलहरूको निष्कर्ष : प्रधानमन्त्रीले संसद्‌बाटै माफी नमागेसम्म बैठक चल्न नदिने

आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति माफी मागेर फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले संसद् अवरोध गर्ने निर्णय गरेका छन् ।
  • नेकपाका प्रमुख युवराज दुलालले "प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने निष्कर्ष प्रतिपक्षी दलहरूको बैठकले निकालेको छ" भनी बताए ।
  • प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन र संसद्‌बाटै देशवासीको नाममा माफी माग्न माग गरेका छन् ।

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभाको बैठक दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरू एकजुट भएका छन् । आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति माफी मागेर फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो ।

नेकपाका प्रमुख युवराज दुलालले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने निष्कर्ष प्रतिपक्षी दलहरूको बैठकले निकालेको छ ।’

बैठकले प्रधानमन्त्रीले सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेको पनि उनले बताए । प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले संसद्‌बाटै माफी माग्नुपर्ने माग पनि राखेका छन् । यी मागहरू पूरा नहुँदासम्म सदन चल्न नदिने निष्कर्ष निकालेको उनको भनाइ छ ।

‘सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीले हिजो संसद्‌मा बोलेको कुरा राष्ट्रघाति हो भन्ने निष्कर्ष रह्यो,’ उनले भने, ‘यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने र प्रधानमन्त्रीले संसद्‌बाटै देशवासीको नाममा माफी माग्नुपर्ने माग राखेर प्रतिपक्षी दलहरूले आज संसद्‌ अवरोध गर्ने निष्कर्ष छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?