+
+
Shares

चिनियाँ कम्पनीहरूलाई अत्याधुनिक एआई चिप्स बिक्रीमा अमेरिकाको रोक

अमेरिकी वाणिज्य विभागले आइतबार एक आकस्मिक निर्देशिका जारी गर्दै चीन बाहिर रहेका चिनियाँ कम्पनीका सहायक कम्पनीहरूका एआई चिप्स निर्यात गर्ने ‘लुपहोल’ बन्द गरेको छ। 

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १३:५४

अमेरिकी वाणिज्य विभागले आइतबार एक आकस्मिक निर्देशिका जारी गर्दै चीन बाहिर रहेका चिनियाँ कम्पनीका सहायक कम्पनीहरूका एआई चिप्स निर्यात गर्ने ‘लुपहोल’ बन्द गरेको छ।

अमेरिकाले चिनियाँ कम्पनीहरूलाई अत्याधुनिक सेमिकन्डक्टर प्राप्त गर्नबाट रोक्ने प्रयास गरिरहेको भए पनि मलेसिया जस्ता देशहरूमा रहेका चिनियाँ एआई फर्मका सहायक कम्पनीहरूले यी चिप्स खरिद गरिरहेको आशङ्काबीच यो कदम चालिएको हो।

वासिङ्टनमा यस लुपहोलको बारेमा एउटा अज्ञात प्रतिवेदन चर्चामा आएलगत्तै वाणिज्य विभागको ‘ब्युरो अफ इन्डस्ट्री एन्ड सेक्युरिटी’ ले यो नयाँ निर्देशन जारी गरेको हो। रोयटर्सले फेला पारेको उक्त प्रतिवेदनमा अत्याधुनिक चिप्स निर्यातका लागि ‘चोर बाटो शान्त रूपमा खुलेको’ उल्लेख थियो।

ट्रम्प प्रशासनले यो बाटो खुला छोडेको एक वर्षको अवधिमा कति सङ्ख्यामा चिप्स निर्यात भए भन्ने स्पष्ट नभए पनि चिप उद्योगका एक जानकारले यसको सङ्ख्या लाखौँमा हुन सक्ने अनुमान गरेका छन्।

नयाँ निर्देशिका अनुसार अब चीनमा मुख्यालय भई चीन बाहिर सञ्चालनमा रहेका चिनियाँ मातहतका निकायहरूलाई उन्नत चिप्स बिक्री गर्नका लागि पनि अनिवार्य रूपमा निर्यात अनुमति पत्र लिनुपर्ने व्यवस्था बीआईएसले गरेको छ।

ब्युरोका प्रवक्ताले सन् २०२३ देखि नै कायम रहेको निर्यात अनुमति पत्रको आवश्यकतालाई यस निर्देशिकाले थप प्रस्ट पारेको र अमेरिकी प्रविधिको रक्षाका लागि कडा रूपमा निर्यात नियन्त्रण जारी राख्ने बताएका छन्।

एनभिडियाका एक अधिकारीले भने वाणिज्य विभागले यसअघि नै पत्रमार्फत स्पष्ट रूपमा अनुमति पत्रको दायरा तोकेकाले यो नयाँ निर्देशिकाले आफ्नो कम्पनीलाई खासै फरक नपार्ने बताएका छन्। अर्को ठुलो चिप निर्माता कम्पनी एएमडीले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?