+
+
Shares

सफ्टवेरिका करियर फेयर तथा होमकमिङ कार्यक्रम प्रतिभा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले ब्रोडवे इन्फोसिसको सहकार्यमा ‘सफ्टवेरिका करियर फेयर’ र पहिलो ‘होमकमिङ अलुम्नाई मिट’ सफलतापूर्वक सम्पन्न गरेको छ ।
  • उक्त करियर फेयरमा ४०० भन्दा बढीको सहभागिता थियो भने ८० भन्दा बढीले तत्कालै रोजगारी र विभिन्न अवसरहरू प्राप्त गरे ।
  • कलेजले शैक्षिक क्षेत्र र उद्योगबीच सहकार्य सुदृढ बनाउन ‘इन्डस्ट्री एड्भाइजरी बोर्ड’ र डिजी ग्रुपमार्फत एओआई नेपाल च्याप्टरको शुभारम्भ गरेको छ ।

१८ जेठ, काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले ब्रोडवे इन्फोसिसको सहकार्यमा ‘सफ्टवेरिका करियर फेयर’ तथा ‘होमकमिङ अलुम्नाई मिट’ सफलतापूर्वक आयोजना गरेको छ।

विद्यार्थी, पूर्वविद्यार्थी, उद्योग क्षेत्रका अग्रणी व्यक्तित्व, रोजगारदाता तथा अन्तर्राष्ट्रिय सहजकर्ताकोउल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रम अवसर, इनोभेसन तथा नेपालको प्रविधि शिक्षाको भविष्यमा केन्द्रित रह्यो।

कार्यक्रमले एआई एनालिटिक्स तथा उद्योग–केन्द्रित शिक्षामा संस्थाको बढ्दो प्रतिष्ठालाई थप मजबुत बनाएको छ।

करियर फेयर २०२६

सफ्टवेरिका करियर फेयर २०२६ मा नेपालका प्रविधि तथा डिजिटल क्षेत्रका २० भन्दा बढी अग्रणी संस्थाको सहभागिता रहेको थियो।

सहभागी संस्थाहरूमा पाम माइन्ड टेक्नोलोजिज, इन्फर्मेसन केयर, विभूति सोलुसन्स, टेक बकेट, आइस्टेम ल्याब, कोडअवतार टेक, मन्त्र आइडियाज, कोडिड इन्कर्पोरेटेड, इन्साइट टेक्नोलोजी, सजिलो सेवा, एक सोलुसन्स, कोड पिक्सेल्ज मिडिया, फुडमाण्डु, सीओएल थिंकस्पेस, इन्फोडेभलपर्स, एमनिल टेक्नोलोजिज, पिभोटेक नेपाल, इन्फानाईत सोलुसन्स, तथा द स्क्वायर थिए।

उक्त करियर फेयरमा ४०० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो भने सफ्टवेयर विकास, एआई यूआई/यूएक्स साइबर सुरक्षा, फिनटेक, डेटा साइन्स तथा डिजिटल इनोभेसन लगायतका क्षेत्रमा ८० भन्दा बढीले यस कार्यक्रममा तत्कालै रोजगारी तथा अवसरहरू पाएका थिए ।

विद्यार्थीहरूले रोजगारदातासँग प्रत्यक्ष संवाद गर्ने, करियरका विभिन्न सम्भावनाको खोजी गर्ने तथा उद्योग क्षेत्रको व्यवहारिक अनुभव प्राप्त गर्ने अवसर पाए । सहभागी संस्थाहरूले सफ्टवेरिकाका दक्ष तथा प्रतिभाशाली विद्यार्थीसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न सफल भए।

पहिलो होमकमिङ अलुम्नाई मिट

करियर फेयरसँगै आयोजना गरिएको सफ्टवेरिकाको पहिलो होमकमिङ अलुम्नाई मिटले पूर्वविद्यार्थी, वर्तमान विद्यार्थी, शिक्षक तथा उद्योग क्षेत्रका पेशाकर्मीहरूलाई पुनः एकै ठाउँमा ल्याउने विशेष अवसर प्रदान गर्‍यो ।

विगत १६ वर्षमा स्नातक भएका ४०० भन्दा बढी पूर्वविद्यार्थीको सहभागिताले कार्यक्रमलाई थप स्मरणीय बनाएको थियो।

कार्यक्रमको उद्घाटन सफ्टवेरिकाका अध्यक्ष विज्ञान श्रेष्ठ तथा क्याम्पस प्रमुख प्रमोद पौडेलले गरेका थिए। उनीहरूले संस्थाको स्थापना कालदेखि हालसम्मको यात्रा, उपलब्धिहरू तथा भावी योजना माथि पनि प्रकाश पारेका थिए ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा रहेको अलुम्नाई अनुभव आदान–प्रदान सत्रमा पूर्वविद्यार्थीहरूले आफ्नो व्यावसायिक यात्रा, उद्योग क्षेत्रका अनुभव तथा कलेजपछिका सिकाइ साझा गरेका थिए।

सफ्टवेरिका कलेजका एक पूर्व विद्यार्थी धिरेन लामा नवनेक्सा टेकका संस्थापक तथा टेक्निकल प्रमुख हुन् । साथै बीएमडब्लू चाइनामा पूर्व एडीएएस टेस्टिङ इन्जिनियरिङ समेत रहिसकेका छन्, उनले अन्तर्राष्ट्रिय प्रविधि क्षेत्रमा काम गर्ने आफ्नो अनुभव साझा गरेका थिए ।

त्यस्तै अस्तिका गुरुङ कम्प्युटिङ स्नातक तथा दियालो टेक्नोलोजिजकी यूआई/यूएक्स डिजाइनर हुन् । यसअघि लिपफ्रग टेक्नोलोजी सँग पनि आबद्ध भएकी उनले डिजाइन तथा डिजिटल प्रोडक्ट उद्योगमा आफ्नो यात्रा साझा गरिन् ।

उनले ईसेवा, बस सेवा तथा एलओटी आधारित परियोजनामा काम गरेको अनुभवबारे बताउँदै विद्यार्थीहरूलाई सिर्जनशीलता, व्यावहारिक सिकाइ, र प्रयोगकर्ता अनुभवमा ध्यान दिन प्रेरित गरिन् ।

इन्डस्ट्री एड्भाइजरी बोर्डको औपचारिक शुभारम्भ

कार्यक्रमको प्रमुख आकर्षणमध्ये एकका रूपमा सफ्टवेरिकाले आफ्नो ‘इन्डस्ट्री एड्भाइजरी बोर्ड’ को औपचारिक शुभारम्भ गरेको छ। शैक्षिक क्षेत्र र उद्योगबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले गठन गरिएको उक्त बोर्डमा सन्तोष कोइराला (कार्यकारी निर्देशक तथा सहसंस्थापक, टेकक्राफ्ट इन्क), मनोज केसी (मुख्य सूचना अधिकृत डिसहोम), सञ्जय पौडेल (मुख्य प्रविधि अधिकृत-राष्ट्रिय आविष्कार केन्द्र), आशिष कुमार शर्मा (डिजिटल बैंकिङ तथा फिनटेक सल्लाहकार तथा कार्यकारी बोर्ड सदस्य, फिनटेक अलाएन्स नेपाल) रहेका छन् ।

बोर्ड सदस्यहरूले सफ्टवेरिकाको पाठ्यक्रम विकास, अनुसन्धान, रोजगारी अवसर तथा इनोभेसन सम्बन्धी कार्यक्रमहरूलाई उद्योगको वास्तविक आवश्यकता र भावी प्रविधि प्रवृत्तिसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बेलायतस्थित ग्लोबल कमर्सियल निर्देशक ओल्गा सारा प्रमुख अतिथि तथा विशेष वक्ताका रूपमा सहभागी थिइन् । उनको उपस्थितिले कार्यक्रमलाई अन्तर्राष्ट्रिय आयाम प्रदान गर्नुका साथै एआई विश्लेषण तथा प्राविधिक शिक्षाको क्षेत्रमा सफ्टवेरिकाको विस्तार हुँदै गएको विश्वव्यापी सहकार्यलाई समेत उजागर गरेको थियो।

एओआई नेपाल च्याप्टर तथा एआई सिक्ने प्लेटफर्महरूको शुभारम्भ

कार्यक्रमको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा डिजी ग्रुप र इन्स्टिच्युट अफ एनालिटिक्स (एओआई) बीच औपचारिक साझेदारी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।

यस सहकार्यमार्फत एओआईद्वारा प्रमाणित पाठ्यक्रम तथा शैक्षिक स्रोतहरू अब विशेष रूपमा सफ्टवेरिका कलेजका विद्यार्थीहरूलाई उपलब्ध हुनेछन् । यसले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको तथा एनालिटिक्स शिक्षा तथा भविष्यउन्मुख प्रमाणपत्र प्राप्त गर्ने अवसर प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?