+
+
Shares

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्ति दिनुलाई एमालेले राष्ट्रहित विपरीत भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहको ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्तिप्रति नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ ।
  • एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सो राष्ट्रहित प्रतिकूल अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरेका छन् ।
  • सीमा विवाद समाधानका लागि स्थापित कूटनीतिक संयन्त्र छाडेर बेलायतको प्रसंग जोड्नु कूटनीतिक अपरिपक्वता भएको एमालेले जनाएको छ ।

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्ति दिनुलाई एमालेले राष्ट्रहित विपरीत भनेको छ ।

‘देशको स्थापित अडान, द्विपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई गम्भीर रूपमा कमजोर बनाउने काम गरेको छ,’ महाचिव शंकर पोखरेलले जारी गरेको बक्तव्यमा भनिएको छ, ‘यस प्रकारको राष्ट्रहीत प्रतिकूल अभिव्यक्तिको हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ ।’

प्रधानमन्त्रीले सीमा विवादबारे तेस्रो पक्षलाई जोडेकोमा पनि एमालेले आपत्ति जनाएको छ । ‘समस्या समाधानका लागि स्थापित कूटनीतिक संयन्त्रलाई छाडेर ब्रिटिस इन्डिया वा बेलायतको प्रसंग जोड्नु पूर्णतः असान्दर्भिक र कूटनीतिक अपरिपक्वता हो,’ एमालेले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?