+
+
Shares

दैलेखमा जिप दुर्घटना : ८ जना घाइते, ३ जना गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १५:०९
फाइल तस्वीर

१८ जेठ, सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका जाँदै गरेको सुप.०१००१ च४९६४ नम्बरको बोलेरो जिप दैलेखको भैरबी गाउँपालिका-७ कालगौंडीमा दुर्घटना भएको हो ।

दुर्घटनामा जिप चालक कालीकोटको शुभकालिका-५ का ३५/३६ वर्षका कलबहादुर रोकाय, सोही ठाउँका ३८ वर्षीय चक्र सुनार र २० वर्षीय भरत बि.क सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनीहरुलाई प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

यस्तै सोही ठाउँका वर्ष २५/२६ का कलम सुनार, शुभकालिका- ४ का ३८/३९  वर्षीय मित्र सुनार, वडानम्बर ६ का वर्ष २६/२७ का समज बि.क., वडानम्बर  ६ का ६० वर्षीया पुल्तिसरा बि.क. र वडानम्बर-४ का ४०/४५ का नैन सुनार पनि घाइते छन् । उनीहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।

जिपमा ८ जना रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?