News Summary
Generated by OK AI. Editorially reviewed.- दुग्ध विकास बोर्डले किसानका मुद्दा र दुग्ध पदार्थबारे समाचार सम्प्रेषण गरेको भन्दै अनलाइनखबरका काभ्रे संवाददाता कपिल कोइरालालाई सम्मान गरेको छ ।
- विश्व दूध दिवसका अवसरमा आयोजित कार्यक्रममा कृषिमन्त्री गीता चौधरी र सचिव डा. राजेन्द्रप्रसाद मिश्रले पत्रकार कोइरालालाई सम्मान प्रदान गर्नुभयो ।
- सोही कार्यक्रममा उत्कृष्ट किसान पुष्पराज पौडेलसहित विभिन्न दुग्ध सहकारी संस्था, उद्योगी र डेरी विज्ञलाई समेत सम्मान गरिएको छ ।
१८ जेठ, काठमाडौं । अनलाइनखबरकर्मी कपिल कोइराला सम्मानित भएका छन् ।
दुग्ध विकास बोर्डले किसानका मुद्दा उठाएको तथा दुग्ध पदार्थबारे समाचार सम्प्रेषणमा योगदान पुर्याएवापत कोइरालालाई सम्मान गरेको हो ।
विश्व दूध दिवसको अवसरमा आयोजित कार्यक्रममा कृषिमन्त्री गिता चौधरी र सचिव डा. राजेन्द्रप्रसाद मिश्र लगायतलाई उनलाई सम्मान गरे । कोइराला काभ्रेमा बसेर हिमालय टेलिभिजन र अनलाइनखबरका लागि रिपोर्टिङ गर्छन् ।
कार्यक्रममा उत्कृष्ट किसान नमूना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल, उत्कृष्ट सहकारी सस्थाहरू विजय दुग्ध उत्पादक सहकारी संस्था चितवन, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, बृहत्तर पशुपालन तथा कृषि सहकारी सस्था इलाम, दुग्ध उद्योगी सूर्योदय मिल्क एण्ड इण्डस्ट्रीज प्रालिका संचालक मनोजकुमार यादव, डेरि फुड एण्ड बेभेरेज प्रालीका सञ्चालक शिव चरण त्यात र डेरी विज्ञ बाबूकाजी पन्तलाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया 4