+
+
Shares

संसद् नियमावली पारित गर्न भएको जबरजस्ती अदालतको विषय बन्नुपर्छ : गगन थापा

‘यो विषय अब सम्मानित अदालतको विषय बन्छ । बन्नुपर्दछ । कार्यपालिकाले आफ्नो सीमा मिच्छ भने त्यहाँ पनि न्यायपालिका उभिनुपर्दछ । व्यवस्थापिकाले सीमा मिच्छ भने पनि न्यायपालिका त्यहाँ उभिनु पर्दछ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १७:५२

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा आइतबार संसद्मा सत्तापक्षले व्यवहारले संसदीय इतिहासमा कालो दिन भएको बताएका छन् ।

हिजो संसद् सञ्चालनको नियमावली बहुमतबाट पारित गरिएको थियो । विपक्षले भने छलफल गरेर पारित गर्नुपर्ने अडान राखेका थिए । सोही प्रसंगलाई उल्लेख गर्दै सभापति थापाले रूपन्देहीमा त्यसबारे टिप्पणी गरेका हुन् ।

‘संसद्को नियमावली भनेको संसद् सञ्चालन गर्ने एउटा सानो कानुन हो । संसद् सञ्चालन गर्न बनाएको कानुनमा जबरजस्ती गरेर, संविधान र कानुनमा जे लेखिएको भएपनि संसद्मा आउने व्यक्तिसँग नेपालमा कोहीसँग पनि नभएको विशेष अधिकार हुन्छ,’ सभापति थापाले भने, ‘र, त्यो विशेष अधिकार के हो भने व्याख्याता सभामुख हुनुहुन्छ है भनेर अमुक व्यक्ति र पात्रका लागि हिजो संसद्को शक्तिको चरम दुरुपयोग भयो ।’

शक्तिको चरम दुरुपयोग हुँदै गर्दा कांग्रेसले प्रतिरोध गरेको सभापति थापाले बताए । संख्याको अहंकारमा सरकारले आफ्नो जिम्मेवारी विर्सिएको बेला ठीक ठाउँमा ल्याउने प्रतिपक्षको कर्तव्य भएको बताए ।

सभापति थापाले भने, ‘मलाई विश्वास छ, यो विषय अब सम्मानित अदालतको विषय बन्छ । बन्नुपर्दछ । कार्यपालिकाले आफ्नो सीमा मिच्छ भने त्यहाँ पनि न्यायपालिका उभिनुपर्दछ । व्यवस्थापिकाले सीमा मिच्छ भने पनि न्यायपालिका त्यहाँ उभिनु पर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?