+
+
Shares

लागुऔषधसहित चार जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित कैलाली र मोरङबाट चार जनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले कैलाली र मोरङका छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ ।
  • भारतबाट मोटरसाइकलमा लागुऔषध ल्याउँदै गरेका उनीहरूलाई नियमित गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

१८ जेठ, काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित कैलाली र मोरङबाट चार जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलाली, टीकापुर नगरपालिका–९ सुनफाँटाबाट खैरो हेरोइनसहित दुई जनालाई आज दिउँसो पक्राउ गरिएको हो ।

यसैगरी, मोरङको रङ्गेली नगरपालिका–४ चोप्राहबाट खैरो हेरोइनसहित दुई जनालाई आजै पक्राउ गरिएको छ ।

अभियुक्तहरूले भारतबाट खैरो हेरोइन ल्याएका थिए । मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही थालिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?