+
+
Shares

लिपुलेक सम्बन्धी कूटनीतिक नोटको भारतले पठायो जवाफ

प्रधानमन्त्री बालेन्द्र शाहले भारतबाट कूटनीतिक नोटको जवाफ आएको जानकारी संसद्लाई गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते २२:०५

१८ जेठ, काठमाडौं । लिपुलेक प्रयोगको सन्दर्भमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारतले पठाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले भारतबाट कूटनीतिक नोटको जवाफ आएको जानकारी संसद्लाई गराएका हुन् ।

सरकारले २० वैशाखमा नेपाली भूमि नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको आपत्ति जनाउँदै दुबै छिमेकीलाई पत्र पठाएको थियो ।

सबै राजनीतिक दलहरूसँगको परामर्शमा सरकारले नेपालको पोजिसनबारे दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो । भारत र चीनले  नेपालको भूमि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेको थियो । भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा २०२६ जुनदेखि अगस्टसम्म सञ्चालन हुनेछ ।

नेपालले कूटनीतिक नोट पठाए लगत्तै भारतले कैलाश मानसरोवर यात्रा १९५४ देखि हुँदै आएको टिप्पणी गरेको थियो । त्यतिबेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यो विषयमा प्रतिक्रिया जनाएका थिए ।

प्रधानमन्त्री शाहले औपचारिक रुपमै भारतबाट जवाफ आएको बताएका हुन् । ‘माननीय सदस्य ज्यूले लिपुलेक, लिम्पियाधुरा सम्बन्धी विषय बुझ्न खोज्नु भए जस्तो लाग्यो । यो सम्बन्ध नेपाल सरकारले अफिसियल नोट भारत सरकारलाई पठाइसकेका छ र त्यसको जवाफ पनि आइसकेको छ’ प्रधानमन्त्री शाहले आइतबार नेकपा एमाले सांसद पद्मा अर्यालको प्रश्नको जवाफ दिने क्रममा भने ।

प्रधानमन्त्रीले प्राप्त जवाफमा वार्ता मार्फत् समस्या समाधान गरिने उल्लेख भएको समेत जानकारी दिए । उनले भने, ‘त्यो जवाफमा दुबै सरकारले आफ्नो इतिहासविद्, सर्भेयर, भूमि सम्बन्धी जानकार व्यक्तिहरू राखेर टेबल टल्कमार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ ।’

चीनबाट कूटनीतिक जवाफ आए नआएको भने प्रधानमन्त्रीले खुलाएनन् । लिपुलेकको विषयमा भारत र चीनलाई मात्र नभएर इङगल्याण्ड सरकारसँग पनि कुरा गरेको उनले जानकारी दिए ।

सन् १८१६ को सुृगौली सन्धि लगायतका तथ्य र प्रमाणको आधारमा लिम्पियाधुरा मुहान भएको महाकाली आफ्नो सीमाना भएको नेपालले दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?