+
+
Shares

नयाँ ओमोडा ई-५ प्रो विराटनगरमा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १४:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओमोडा एन्ड ज्याकूको आधिकारिक वितरक पायोनियर मोटोकर्पले विराटनगरमा नयाँ ओमोडा ई–५ प्रो इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ ।
  • यस गाडीको सुरुवाती मूल्य ५१ लाख ५९ हजार रुपैयाँ तोकिएको छ भने पहिलो ५० ग्राहकलाई विशेष छुट दिइनेछ ।
  • यो इलेक्ट्रिक गाडीमा ५०.७ किलोवाट ब्याट्री, ३५० किलोमिटर रेन्ज र १९ भन्दा बढी उन्नत सुरक्षा प्रणाली उपलब्ध छ ।

२० जेठ, विराटनगर । ओमोडा एन्ड ज्याकूको आधिकारिक वितरक पायोनियर मोटोकर्पले विराटनगरमा बहुप्रतीक्षित नयाँ ओमोडा ई- ५ प्रो आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

नेपालमा पहिले नै १ हजार ५ सयभन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई–५ को उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै नयाँ ई५ प्रो अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको कम्पनीले जनाएको छ।

‘नेपालमा लन्च भएदेखि नै ओमोडा ई– ५ आफ्नो फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण देशकै सबैभन्दा लोकप्रिय इलेक्ट्रिक एसयूभीमध्ये एक बन्न सफल भएको छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘नयाँ ओमोडा ई– ५ ले यसै विरासतलाई अझ सुदृढ बनाउँदै नयाँ डिजाइन, स्मार्ट फिचर र आधुनिक नेपाली ग्राहकलाई लक्षित प्रिमियम अनुभव प्रदान गर्दछ।’

नयाँ ओमोडा ई- ५ प्रोमा ५०.७ किलोवाट ब्याट्री प्याक, ९९ किलोवाट इलेक्ट्रिक मोटर र २८८ एनएम टर्क रहेको छ, जसले ३५० किलोमिटर रेन्ज प्रदान गर्दछ।

साथै १९१ एमएम ग्राउन्ड क्लियरेन्सका कारण यो नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त रहेको एसपीजी अटोमोबाइल्सले जनाएको छ। ‘यसमा १८ इन्च अलोय ह्विलहरू समावेश छन्, जसले यसको स्पोर्टी र प्रिमियम उपस्थिति अझ आकर्षक बनाउँछ’ कम्पनीले भनेको छ ।

कम्पनीका अनुसार बाहिरी डिजाइन ओमोडाको फ्युचरिस्टिक डिजाइन फिलोसफीमा आधारित छ, जसमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल र विशेष फान्तोम विङ टेललाइटहरू समावेश छन् । गाडीको भित्री भागमा प्रिमियम केबिन अनुभव, इलेक्ट्रिक सनरुफ, उच्च गुणस्तरका इन्टेरियर मेट्रियल र आधुनिक प्रविधिको संयोजन रहेको छ।

सुरक्षाका दृष्टिले, यसमा १९ भन्दा बढी एडीएएस एड्भान्स्ड ड्राइभर एसिस्टेन्स र ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली रहेको छ, जसले चालकलाई उच्च सुरक्षा र आत्मविश्वास प्रदान गर्दछ।

नयाँ ओमोडा ई-५ प्रोको आधिकारिक मूल्य सिंगल टोन भेरियन्टका लागि ५१ लाख ५९ हजार तथा डबल टोन भेरियन्टका लागि ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

सार्वजनिक भएको अवसरमा एसपीजी अटोमोबाइल्सले पहिलो ५० ग्राहकका लागि ४९ लाख ९९ हजारको विशेष मूल्य र एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स उपलब्ध गराउने घोषणा गरेको छ, जसले प्रारम्भिक ग्राहकहरूका लागि थप आकर्षक प्रस्ताव प्रदान गर्दछ।

नयाँ ओमोडा ई ५ प्रो देशभरका आधिकारिक ओमोडा एन्ड ज्याकू शोरुममा बुकिङ तथा सोधपुछका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?