News Summary
Generated by OK AI. Editorially reviewed.- संसद्मा दर्ता भइसकेको आर्थिक विधेयक संशोधन गरिएकामा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले गम्भीर चलखेलको शंका गरेका छन् ।
- संसद्मा दर्ता भएको आर्थिक विधेयक ४६४ पृष्ठको र मन्त्रालयको वेबसाइटमा राखिएको विधेयक ४४८ पृष्ठको रहेको छ ।
- पूर्वअर्थमन्त्री महतले विगतमा प्राविधिक त्रुटि हुँदा समेत संसदीय प्रक्रियाअनुरुप मात्रै संशोधन हुने गरेको बताएका छन् ।
२० जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थमन्त्रीले गरेको संशोधनले चलखेलको शंका गर्ने ठाउँ दिएको बताएका छन् ।
उनले भनेका छन्, ‘जसरी संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा जसरी संशोधन गरियो यो गलत हो । यसले गम्भीर चलखेलको आशंका गर्ने ठाउँ दिएको छ ।’
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए । उक्त विधेयकमा अर्थमन्त्रालयले पटक–पटक हेरफेर गरेर अर्थमन्त्रालयको वेबसाइटमा राखेको छ ।
संसद्मा पेश गरेको र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा पछिल्लो पटक राखेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्थामै फरकम्पन छ ।
नेपाल सरकारले संसद्मा दर्ता गरेको आर्थिक विधेयक पृष्ठ ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो साइटमा राखेको यो विधेयकको पृष्ठ संख्या ४४८ छ ।
यो विषयमा अनलाइनखबरसँग कुरा गर्दै पूर्वअर्थमन्त्री डा. महतले आर्थिक विधेयकमा अर्थमन्त्रीले गरेको संशोधनले चलखेलको शंका गर्ने ठाउँ दिएको बताएका हुन् ।
उनी भन्छन्, ‘संसदमा पेश भइसकेको आर्थिक विधेयकमा थप कर लगाउन, कर छुट दिने, घटाउने–बढाउने आदि गर्न पाइँदैन ।’
विगतमा आर्थिक विधेयकमा प्रावधिक त्रुटि हुँदा समेत संसदीय प्रक्रियाअनुरुप मात्रै संशोधन हुने गरेको पनि उनले बताए । अगाडि भनेका छन्, ‘पहिला पनि बजेटमा केही प्राविधिक त्रुटि भयो भने संसदीय प्रक्रियाअनुरुप संशोधन गर्ने गरिन्थ्यो । प्राविधिकबाहेक अन्य विषयमा कुनै हालतमा संशोधन गर्न पाइँदैन ।’
प्रतिक्रिया 4