+
+
Shares

कीर्तिपुरको होल्डिङ सेन्टरका एक सुकुमवासीको मृत्यु, थिए फोक्सोका बिरामी

होल्डिङ सेन्टरमै बिरामी अवस्थामा बसिरहेका दर्जीको स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि परिवारले उपचारका लागि वीर अस्पताल लगेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १५:३५

२१ जेठ, काठमाडौं । कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासी समुदायबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु भएको छ । उनको बिहीबार वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो ।

दर्जीको मृत्यु भएको उनकी पत्नी विमला सुनुवारले जानकारी दिइन् ।

होल्डिङ सेन्टरमै बिरामी अवस्थामा बसिरहेका दर्जीको स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि परिवारले उपचारका लागि वीर अस्पताल लगेको थियो ।

अस्पताल पुग्दा उनको फोक्सोमा पानी जमेको चिकित्सकले बताएका थिए । उनी लामो समयदेखि फोक्सो सम्बन्धी रोगका बिरामी रहेको परिवारले जनाएको छ ।

अस्पताल पुगाएपछि चिकित्सकले उनलाई आईसीयूमा राखेर उपचार गर्ने निर्णय लिएका थिए । तर, उनको ज्यान जोगिएन ।

उनको परिवारमा तीन जना सदस्य रहेको पत्नी विमलाले जानकारी दिइन् ।

दर्जीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?