+
+
Shares

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर जिल्ला अदालतले आपराधिक विश्वासघात र संगठित अपराध मुद्दामा टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
  • प्रहरीले उनलाई इन्टरपोलको सहयोगमा १७ जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएर अदालतमा पेस गरेको थियो ।

२१ जेठ, काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश गरेको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

उनलाई प्रहरीले इन्टरपोलको सहयोगमा १७ जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएर अदालतमा पेस गरेको थियो ।

उनीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध, सम्पत्ति शुद्धीकरणसमेतको मुद्दा छ । उनी पछिल्लो समय चीनमा बस्दै आएकी थिइन् ।  प्रहरीले अनुसन्धान अघि बढाएपछि उनले सामाजिक सञ्जालबाटै प्रहरीमाथि आक्रोश पोखेकी थिइन् ।

‘म भदौ १९ गतेसम्म नेपालमै थिएँ । मलाई कुनै खोजखबर गरिएन । चीन आएपछि पक्राउ पुर्जी जारी भएको थाहा पाएँ । मेरो मान्छेहरू प्रहरीमा बुझ्न जाँदा प्रहरीले जाहेरी देखाएन’ तुल्साले भनेकी थिइन् ।

त्यसपछि प्रहरीले भ्रम नर्छन भन्दै विज्ञप्ति नै जारी गरेको थियो । कुमार चिमोरिया नाम गरेका व्यक्तिले उनीविरुद्ध २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए ।

यसको अनुसन्धान गर्दा उनी सम्पत्ति शुद्धीकरणको कसुरमा पनि जोडिएकी थिइन् । त्यसपछि २० कात्तिक २०८२ मा सम्पत्ति शुद्धीकरण विभागबाट सुझाव समेत लिएर उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिएको थियो ।

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?