+
+
Shares

प्रयोगशालालाई नियमन गर्न एउटा विशेष विधेयक तयार छ : मन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सरकारले आवश्यक कानून बनाउन खोजेको बताए ।
  • प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बिहीबार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१ माथि छलफल भएको छ ।
  • समितिले उक्त विधेयकमाथि विज्ञहरूसँग छलफल गरेर मात्र दफावार छलफल अघि बढाउने भएको छ ।

२१ जेठ, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वश्नीय बनाउन सरकारले आवश्यक कानुन बनाउन खोजेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफलका क्रममा मन्त्री पोखरेलले मुलुकको राष्ट्रियस्तरको प्रयोगशालालाई नियमन गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वश्नीय बनाउन सरकारले आवश्यक कानुन बनाउन खोजेको बताएका हुन् ।

नेपालको सबै प्रयोगशालालाई नियमन गर्न खोजिएको हो की भन्ने आशंका उत्पन्न भएको भन्दै उनले छुट्टै प्रयोगशालालाई नियमन गर्न एउटा विशेष विधेयक तयार गरिएको जानकारी पनि दिए ।

‘यो विधेयकको समितिमा दफावार छलफल हुन पनि बाँकी नै छ । त्यो दफावार छलफलमा अझ माननीयजीहरूले यसमा के आवश्यक पर्छ, त्यो संशोधन पनिका पनि अध्ययन गरेर आउन पनि सबै जनालाई अनुरोध पनि गर्दछु । र त्यो दफावार छलफल भएको बेलामा म समितिका सभापतिज्यू, सचिवज्यूलाई के आग्रह गर्दछु भने एक्सपर्टहरूलाई पनि त्यो दिन आएर आफना कुराहरू राख्नका लागि व्यवस्था मिलाई दिनुहोला,’ मन्त्री पोखरेलले भने, ‘उहाँहरूको तर्फबाट पनि कुरा सुनेर उहाँहरूको एक्पटिजलाई पनि राखेर त्यसलाई अझ अगाडी बढाउनुपर्ने हुन्छ । एक दिनमा भ्याईएन भने कति दिन आवश्यक पर्छ ? एकै दिनमा सबै कुरा टुंग्याउन पनि आवश्यक छैन । यसलाई दफादफामा राम्रोसँग छलफल गरेर कुनै पनि लुपहोल त्यहाँ नरहने गरी एउटा राम्रो विधेयक बनाएर मात्रै त्यसलाई यताबाट अगाडि बढाउन पनि आग्रह गर्दछु ।’

अपराध, अनुसन्धान तथा न्याय सम्पादनको लागि आवश्यक प्रमाणको सङ्कलन, परीक्षण, वैज्ञानिक विधि र पद्दतिद्वारा गर्नको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको आवश्यकता परेको उनको भनाइ छ ।

विधेयकमा रहेका विषयहरूलाई प्रयाप्त छलफलमार्फत सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

बैठकमा समिति सदस्यहरूले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई आधुनिक प्रविधियुक्त बनाउने गरि विधेयकलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

समितिले विधेयकमाथि विज्ञहरूसँग छलफल गरेर मात्रै दफावार छलफल अघि बढाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?