+
+
Shares

ईपीजीका नेपाल संयोजक थापाले परराष्ट्रलाई बुझाए कागजातहरूको चाबी

ईपीजीले सन् २०१६ देखि २०१८ सम्म अध्ययन गरेको थियो । उक्त अध्ययन प्रतिवेदन दुवै मुलुकका प्रधानमन्त्रीहरूले बुझ्नुपर्ने थियो । तर अहिलेसम्म बुझेका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते २०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) का नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाले प्रतिवेदन र कागजात राखिएको दराजको चाबी परराष्ट्र मन्त्रालयलाई बुझाउनुभएको छ ।
  • संयोजक थापाले आफ्नो स्वास्थ्य र उमेरका कारण देखाउँदै परराष्ट्रमन्त्री र परराष्ट्र सचिवलाई चाबी हस्तान्तरण गर्नुभएको हो ।
  • सन् २०१६ देखि २०१८ सम्म अध्ययन गरी तयार पारिएको सो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले हालसम्म बुझेका छैनन् ।

२१ जेठ, काठमाडौं । नेपाल भारत प्रबुद्ध समूहका नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाले इपिजीको प्रतिवेदन र त्यससँग सम्बन्धित कागजात राखिएको दराजको चाबी परराष्ट्र मन्त्रालयलाई नै जिम्मामा राख्न दिएका छन् । उमेरका कारण आफ्नो स्वास्थ अवस्थालाई कारण देखाउँदै उनले परराष्ट्र मन्त्री र परराष्ट्र सचिवको जिम्मामा चाबी हस्तान्तरण गरेका हुन् ।

नेपाल र भारतका समस्या र समाधानमा उपाहरू खोज्न दुवै देशले प्रबुद्ध व्यक्तिहरूको समूह गठन गरेका थिए । ईपीजीले सन् २०१६ देखि २०१८ सम्म अध्ययन गरेको थियो । उक्त अध्ययन प्रतिवेदन दुवै मुलुकका प्रधानमन्त्रीहरूले बुझ्नुपर्ने थियो । तर अहिलेसम्म बुझेका छैनन् ।

‘भेषबहादुर थापाले आफ्नो उमेरको कारण देखाउँदै दराजको चाबी परराष्ट्रको जिम्मामा दिनु भएको हो,’ परराष्ट्रमन्त्री शिशिर खनालले भने,’प्रतिवेदन त हामीले बुझ्ने होइन । प्रधानमन्त्रीस्तरमा बुझ्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?