२१ जेठ, काठमाडौं । एक चर्चित गायिकालाई लामो समयदेखि विभिन्न माध्यमबाट अनावश्यक दु:ख र हैरानी दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीकाअनुसार २२ वर्षीय अजय यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा वीरगञ्जबाट पक्राउ गरिएको हो ।
बारा जिल्लाको देवताल गाउँपालिका–२ स्थायी घर भएका यादवविरुद्ध उक्त गायिकाले काठमाडौंमा निवेदन दर्ता गराएकी थिइन् ।
उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले यादवले लामो समयदेखि विभिन्न फोन नम्बर प्रयोग गरी ती गायिकालाई पटक–पटक फोन गरेर हैरानी दिँदैआएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।
पक्राउ परेका यादवलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन काठमाडौं ल्याइने प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4