News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयको उपकुलपति चयनका लागि सिफारिस समितिले ५० जना आवेदकहरूमध्ये १० जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ ।
- सार्वजनिक सूचीमा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति भोला थापा र मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति नन्द बहादुर सिंहसहित १० जना रहेका छन् ।
- अब यिनै १० जना उम्मेदवारमध्येबाट त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्त गरिनेछ ।
२२ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि १० जना उम्मेदवारको सूची सार्वजनिक भएको छ ।
सिफारिस समितिले शुक्रबार सार्वजनिक गरेको सूचिमा अमर प्रसाद यादव, कवि प्रसाद पौडेल, कृष्णराज आचार्य, गोविन्द सुवेदी, टंक नाथ धमला, तारा प्रसाद भुसाल, दुर्गा दत्त पौडेल, नन्द बहादुर सिंह, भोला थापा र राम प्रसाद रेग्मी रहेका छन् । थापा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति हुन् ।
त्यसैगरी सिंह मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि ५० जनाले आवेदन दिएका थिए ।
त्यसमध्ये १० जनाको सूची तयार पारिएको हो । अब यी मध्येबाट १ जना उपकुलपति बन्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4