+
+
Shares

भारतीय विदेशमन्त्रीले भने– खुला सीमा क्षेत्रको सुरक्षा कायम राख्न मिलेर काम गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २३ गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ दिल्लीमा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोलीसँगको भेटमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपाल–भारत सम्बन्ध बलियो रहेको बताए ।
  • “हामीसँग यस सम्बन्धलाई स्टार्टअप्, एआई, सूचना प्रविधि, नवीकरणीय ऊर्जा जस्ता अन्य धेरै नयाँ क्षेत्रहरू अगाडि बढाउने अवसर पनि छ ।”
  • “हाम्रो लामो र विशिष्ट रूपमा खुला सिमानामा सुरक्षा कायम राख्न हामी मिलेर काम गर्छौं ।”

२२ जेठ, काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपालसँग खुला सीमाना रहेका क्षेत्रमा सुरक्षा कायम राख्न मिलेर काम गर्ने बताएका छन् । नयाँ दिल्लीमा परराष्ट्रमन्त्री शिशिर खनालसहितको प्रतिनिधिमण्डलको टोलीसँगको भेटवार्ताका क्रममा विदेशमन्त्री डा. जयशंकरले यस्तो बताएका हुन् ।

स्टार्टअप्, एआई , सूचना प्रविधि, नवीकरणीय ऊर्जा जस्ता अन्य धेरै नयाँ क्षेत्रहरूमा सँगै अघि बढ्ने अवसर भएको पनि उनले सो क्रममा भने ।

भेटवार्ताको सुरुवातमा आफ्नो मन्तव्य राख्दै उनले भनेका छन्, ‘हामीसँग यस सम्बन्धलाई स्टार्टअप्, एआई, सूचना प्रविधि, नवीकरणीय ऊर्जा जस्ता अन्य धेरै नयाँ क्षेत्रहरू अगाडि बढाउने अवसर पनि छ । हाम्रो लामो र विशिष्ट रूपमा खुला सिमानामा सुरक्षा कायम राख्न हामी मिलेर काम गर्छौं ।’

सो क्रममा उनले नेपाल–भारत सधैं एक अर्काको साथमा उभिएको स्मरण गरे । पश्चिम एसियामा जारी संकटको समयमा पनि नेपालमा इन्धन आपूर्ति निरन्तर गराइरहेको उनले सो क्रममा उल्लेख गरे ।

हिजोमात्रै भारत भ्रमण सकेर फर्किएका रास्वपा सभापति रवि लामिछानेको भ्रमण पनि सम्बन्ध उत्कृष्ट रहेको प्रमाणित गरेको जयशंकरको भनाइ थियो ।

नेपाल सरकारले तय गरेका उद्देश्य र भारतले छिमेकी देशहरूका लागि चालेका कदमहरूबीच आपसी विश्वास कायम राखेर अघि बढ्ने उनको भनाइ थियो ।

नेपाल भारत सम्बन्ध बलियो रहेको बताउँदै उनले सीमापार कनेक्टिभिटी तथा साझा सांस्कृतिक एवं धार्मिक परम्पराहरूमा निर्माण भएको उल्लेख गरे ।

दुई देशको आपसी प्रगति, समृद्धि र कल्याणका लागि नेपालसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धताका सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीले भनेजस्तै हुने विदेशमन्त्री जयशंकरको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?