२३ जेठ, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको प्रथम अधिवेशनबाट सभापतिमा यदुनाथ अधिकारी १ मतले निर्वाचित भएका छन् । पोखरामा शनिबार भएको अधिवेशनबाट प्रतिस्पर्धी एकराज न्यौपानेलाई १ मतले पराजित गर्दै अधिकारी विजयी भएका हुन् ।
अधिकारीले ११५ मत ल्याउँदा न्यौपानेले ११४ मत प्राप्त गरे । कुल २३३ मत खसेको थियो । जसमध्ये ४ जनाले कसैलाई पनि मत दिएनन् । बाँकी २९० मत सबै खसेको थियो ।
यदुनाथ यसअघि पनि कास्की सभापति थिए । उनी माओवादी, एमालेलगायत पार्टी हुँदै रास्वपाको जिल्ला सभापति चयन भएका थिए ।
यदुनाथ पोखराका घरजग्गा, पानी, रिसोर्टलगायत चलाइरहेका व्यवसायी हुन् । उनी कास्की–३ बाट २०८२ फागुन २१ गते चुनावका लागि उम्मेदवारका आकांक्षी थिए । अन्तिमसम्म पनि उनको नाम चर्चामा थियो । तर, टिकट भने बिना गुरुङले प्राप्त गरिन् र चुनाव जितिन् ।
सचिवमा टेकराज सापकोटालाई हराउँदै विश्वराज पौडेल विजयी भएका छन् । सापकोटाले १२२ मत ल्याए भने सापकोटाले १०६ मात्र मत प्राप्त गरे ।
विश्वराज यसअघि कास्की क्षेत्र नम्बर ३ संयोजक हुन् । उनी विवेकशील साझा पार्टी हुँदै रास्वपामा सुरुदेखि नै लागेका हुन् ।
अध्यक्ष र सचिवबाहेक अन्य पदाधिकारी र सदस्यमा भने सर्वसम्मत भएको छ । उपसभापतिमा चीनबहादुर गुरुङ र सहसचिवमा सुजन बस्ताकोटी चयन भएका छन् भने कोषाध्यक्ष पछि मनोनित हुने प्रदेश महासचिव नविन त्रिपाठीले जानकारी दिए ।
सदस्यहरूमा श्रवणराज जमरकट्टेल, चित्रबहादुर क्षेत्री, राजकुमार भण्डारी, दलित महिला सदस्यमा लक्ष्मी परियार निर्विरोध चयन भएकी छन् । कास्कीका ५ स्थानीय तहका सभापति पदने सदस्य हुने व्यवस्था छ ।
प्रतिक्रिया 4