+
+
Shares

बयलगाडाले किचेर घाइते बालकको मृत्यु   

रासस रासस
२०८३ जेठ २४ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको बरहथवामा बयलगाडाले किचेर घाइते भएका नौ वर्षीय बालक सुभास कुम्हालको वीरगञ्जमा उपचारका क्रममा २४ जेठ बिहान मृत्यु भएको छ ।
  • बरहथवा नगरपालिका–१६ मा शनिबार खैरु पण्डितले चलाएको बयलगाडाले किच्दा स्थानीय कृष्ण कुम्हालका छोरा सुभास गम्भीर घाइते भएका थिए ।
  • घाइते बालकलाई बरहथवा नगर अस्पतालबाट थप उपचारका लागि वीरगञ्ज न्यूरो अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२४ जेठ, सर्लाही । सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार बरहथवा नगरपालिका–१६, का खैरु पण्डितले चलाएको बयलगाडाले स्थानीय कृष्ण कुम्हालका नौ वर्षीय छोरा सुभास कुम्हाल घाइते भएका थिए।

त्यसबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारको लागि बरहथवास्थित नगर अस्पताल पुर्‍याएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज न्यूरो अस्पताल पुर्‍याएकामा बालकको आज बिहान मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?